तरकारी उत्पादनमा विज्ञानले के भन्छ? (What a science say growing vegetable?)


तरकारी खेतीमा विज्ञानका कुरा  (Scientific facts in vegetable) 

प्रविधि एक विज्ञान सम्मत तथ्यमा आधारित कुरा हो जसले मापन, जलबायु, जैविक कृयाकलापलाई समेटेको हुन्छ ..! तरकारी खेती आफैमा बिज्ञान हो र यसले समस्टिगत रुपमा सबै विज्ञानका अवयवलाई समेट्छ ..! अनुभवका आधारमा केहि तथ्यगत


कुराहरुलाई तल प्रस्तुत गर्न खोजिएको छ ..!


१. माटो - माटो सबै जीव तथा बनस्पतिको आधार हो र यसैमा नीहित रहेर नै बोटले आश्रय सहारा तथा पोषण पाउछ ..! तरकारी खेतीका लागि दोमट माटो र त्यसमा पनि ५.५-७.५ सम्मको अम्लियता सबैभन्दा उपयुक्त हुन्छ । अकबरेको बीउ उम्रनका लागि बीऊ छरेपछि को ३ महिना बिरुवा तयार हुन लाग्छ भने लहरे तरकारीको लागि १ महिना देखि १.५ महिना लाग्छ ..! गोलभेंडाको बेर्ना तयार हुन २४ दिन देखि ३० दिन लाग्छ ..। बिरुवा रोप्दा सांझपख रोप्ने र जमिनमाथि नर्सरीमा पहिले जति भाग पिरिएको थियो नयां जमिनमा पनि त्यति नै भाग गाड्नुपर्छ घटबढ सकेसम्म नगरेको राम्रो ..।

२. बीउ रोप्ने गहिराई- माटो भित्रको तापक्रम हावाको सन्चार तथा गहिराईले रोपिएको बीउको उमारशक्तिलाई प्रभाब पार्छ । कति गहिराईमा रोप्ने भन्ने कुरा बीऊको आकारको दोब्बर दुरीमा रोपिनु पर्छ .. तर लहरे तरकारीको हकमा भने बीउलाई सुताएर रोप्दा नै बढि प्रभावकारी पाईएको छ ..! किन त भन्दा यदाकदा बीऊ ठाडो गरि रोप्दा जराबन्ने भाग माथि र फल्ने भाग जमिन मुनि पर्दा बीउ पहिले जमिनमाथि जाने र पछि जमिनमुनि फर्कन पर्ने हुन्छ ..!

३. तापक्रम- सामान्यतया सबैजसो तरकारीहरुको अनिकूल तापक्रम २२-३० डिग्रि सेन्टिग्रेड हो तर केहि अपबादहरु पनि छन् जस्तो पछौटे काउलीलाई १०-१६ डिग्रिमा कोपि(curd) उत्पादन का लागि राम्रो हुने … मध्य मौसमीका लागि १६-२२ डि से र अगौटेका लागि २५ डि से भन्दा बढि तापक्रम चाहिन्छ .. । त्यसैले यो बाली अरुबाली भन्दा तापक्रमको हकमा संवेदनशिल बाली हो..। यदि अगौटे काउली( सिल्भरकप६०) लाई पछाडि लगाईयो र पछौटे काउलीलाई अगाडि लगाईयो भने अगौटेवालामा गुच्चा जत्रो काउली लाग्ने र पछौटेमा पातमात्र हुने हुदा काउलीको लगाउने समय बेर्नाको उमेर र सिजन महत्वपूर्ण हुन्छ ..।

४. अगौटे काउलीको हकमा १८-२० दिन भित्रको बेर्ना र अन्य प्रकारका काउलीको हकमा २२-३० दिनसम्मको ४-५ पाते बेर्ना रोप्नु राम्रो हुन्छ ..।

५. प्रकाश- बिरुवाको मुख्य खाना बनाउनका लागि प्रकाशको उपस्थिती एक अनिवार्य सर्त नै हो ..। सबैजसो बालीलाई प्रकाशमा उत्पादन राम्रो हुने गर्छ तर अदुवा, अलैची, हलेदो.., जस्ता बालीलाई केहि छांया तथा कुरिलो, भन्टा, परवर, कांक्रो, खुर्सानी जस्ता बालीलाई प्रकाश कम हुने बित्तिकै उत्पादनमा असर गर्न थाल्छ ..

६. सूर्यको प्रकाश र ड्यांगको  plant orientation to light ले पनि उत्पादनमा फरक पार्छ ..। जस्तो उत्तर दक्षिण ड्यांगमा जति उत्पादन पूर्व पश्चिम ड्यांगमा हुदैन ..। कारण एक बोटले पाएको प्रकाश अर्को बोटले छेक्दा प्रकाश संस्लेशण कम हुनगै उत्पादनमा असर हुन पुग्छ ..।

७. पानी/सिंचाई- पानी विना यो पृथ्वीमा जीवनको कल्पना गर्न सकिन्न । बिरुवालाई द्ईएको सबै पानी मध्ये १% पानी मात्र बिरुवाको शारीरिक संरचना वा विन्यासमा खर्च हुन्छ अरु सबै पानी या त उडेर या बगेर नै जान्छ ..! बिरुवाको खाने भागमा  ७०-९५% सम्म पानी हुन्छ ।किसानकाे अनुभवले के देखायाे भने फलिरहेकाे तरकारीकाे बाेटका लागि रातिमा पानी दिनुभन्दा बिहानिपख पानी दिन उपयुक्त हुन्छ कारण यदि रातिमा पानी दिएमा बढि पानी पातबाट बाहिर फाल्न पर्ने जसलाइ guttation भनिन्छ ।

मल दिएपछि तुरुन्त पानी किन दिने?… कारण यदि बिरुवा


भित्रको पानीको सघनता यदि मलमाटोले बनाएको सघनताभन्दा पालतो (soil water concentration if is more dense than the sap inside plant, than the water inside plant may come out to the soil and plant may die). भएमा माटोमा भएको पानी उल्टो दिशामा ूहन्छ .. अर्थात माटोमा भएको पानीलो तान्छ र बिरुवामा पानी कम भएर मर्छ ..।

plants ले  बढि पानी भन्दा कम पानीमा बढि बांच्छन् तर बढि पानीमा बिरिवाका जराले श्वासप्रश्वास गर्न नपाउने हुदा जरा कुहिन्छ र जराले पोषकतत्मव र पानी पठाउन सक्र्छदैन … जसले गर्दा खाना बन्दैन ..! खाना नबनेपछ् बिरुवा मर्छ ..। …

८. सेन्सर बाट सिंचाई दिने हो भने सेन्सरको स्केल लाई बिरुवाको अवस्था अनुसार बढाउदै लानु पर्छ ..। कलिलो वा सानो बेर्नामा सेन्सरको स्केल (upper limit n lower limit of sensors) थोरै (१०-१५ ) र फल्ने बिरुवामा बढि (२०-३०%) चिस्यानको मापन विन्दु राख्नु पर्छ ।


९. संरक्षित संरचनाभित्र को सापेक्षित वायु र आद्रताको पेरतिशत ६५-७५% को बिचको उपयुक्त मानिन्छ …। उक्त संरचनाभित्रको खाली जमिनको करिब ४०% भाग खाली नै हुन जरुरी हुन्छ ( Free of the 40% area by free space rather of bio area)

१०. राम्ररी कुहिएको गोबर मलमा बुर्बुराउदो प्रयोग भएका पदार्थ कुहिएर नचिनिने र मुट्ठी पार्दा हत्केलामा चिसोपना हुने तर पानी नचुहिने तथा गन्ध रहीत हुनुपर्छ ।

११. १ ग्राम गोलभेंडाको बीउमा १८०-२०० दाना हुने, जात अनुसार सामान्य जातहरु जो अनुषन्धानले ७०-८० ग्राम औषत तौल हुने कुरा गर्छ को १८-२० फलको १ के जि र १ के जि फलबाट ६ ग्राम बीउ निस्कन्छ ..! 

१२. गोलभेंडामा सहायक जरा निकाल्न चाहेमा डांठलाई जमिनमा लडाईदिए मात्र पुग्छ र यदि निमाटोडलाई भगाउन चाहेमा गोबरले लिपिदिदा हुन्छ 

१३. मूल बोटको हांगा हो वा चोर हांगा हो चिन्नु परेमा मूल हांगाको हो भने ३ पातपछि पुष्पगुच्चा र सहायक(चोर हांगा ) हो भने ५ पात पछि मात्र पुष्पगुच्छा हुन्छ …। मूल बोटमा ती ३ पातले नै पुष्पगुच्छालाई पाल्ने खाना दिने हुदा फल नटिप्दा सम्म ती पात हटाउनि हुदैन …! तर चोर हांगाले मुख्य पातले बनाएको खाना + चोरहांगामा रहेका पात सबैले बनाएको खाना खानो हुदा उत्पादन घट्ने सॅय बढि लाग्ने हुदा नै हटाउनु पर्छ …!

१४. गोलभेंडाको यदि राम्रो जात (मानौ अमेरिकी जात-मनिमेकर) जस्ता हाईब्रिड जातहरु पाईएमा त्यस्ता बोटको बीउ अर्को पुस्तामा कम उत्पादन दिने हुन्छ तर ती बोटमा पलाएका चोर हांगालाई (१०-१५ से मि सम्मका) बालुवा वा बालुवा मिश्रित माटो वा कोकोपिट वा सोझै पानीमा केहि दिन(गर्मिमा १०-१५ दिन र जाडोमा २२-२७ दिन) राखेमा जरा बिकास भई फूल फल दिन्छ तर शुरुको फल सानो हुन्छ भने त्यसपछिका फलहरु सामान्य आकारकै हुने अनुषन्धानले पुष्टि गरेको छ । शुरुको फल सानो हुने एक कारण चोरहागालाई बेडमा राख्दा टुप्पाका अन्तिम २ पात मात्र राख्ने गरिने हुदा प्रकाशसंस्लेषण ती संबन्धित पुष्पगुच्चाले पाउदैनन् र सानो हुन्छ ।




१५. बोटमा कलमीका लागि सापेक्षित आद्रता बढि हुन जरुरी हुन्छ र  कटिंग गर्दा पात हरु हटाउदा पानीको क्षय कम हुन गै बोट बाच्ने संभावना बढ्न जान्छ ..। त्यसैले कलमी वा कटिंग गर्दा सकेसम्म सापेक्षित आद्रता ८५-९५% को बिचमा राख्न सके मृत्युदर घटाउन सकिन्छ ।

१६. गोलभेडाका लागि पोषक तत्वमा सबैभन्दा बढि क्याल्सियम तत्व आवश्यक पर्छ । १ के जि गोलभेंडा फल्दा माटोबाट ६.२ ग्राम क्याल्सियम बोटले तान्छ त्यसैले यो तत्व लाई माटोमा बेलाबेला दिईरहन आवश्यक पर्छ तर यसको ग्रहण शक्ति जिंक र बोरोनको उपस्थितीमा मात्र सकृयता बढ्न जान्छ । यो तत्व आफैमा अर्धसकृय (immobile) हुन्छ र माटोमा पानीको माध्यमबाट मात्र ग्रहणशिल हुने र बोटमा पनि पानीको अभावमा xylem मा बल्क भैदिने हुंदा ब्लसम ईन्ड रट लाग्ने र टुप्पो कुहिने समस्या देखिन्छ ..। टुप्पो कुहिनका लागि सुख्खा मौसम नै पर्याप्त हुने हुदा माटोमा चिस्यान नियमित हुनुपर्छ र यदि फलमा केहि सेतो दाग देखिने बित्तिकै क्याल्सियम क्लोराईड ०.०१% बोटमा सोझै स्प्रे गर्नुपर्छ ..।

१७. बोटको किशोरावस्थामा नै कायम राखिराख्नका लागि बोटका फूलिरहेका हांगाहरु हटाईदिदा वानस्पतिक बृद्धि नियमित हुन सहयोग गर्छ  ।

१८. काैशि खेति प्रविधि शहर तथा शहरउन्मुख क्षेत्रका लागि बिषादि रहित तरकारि उत्पादन गर्ने मुख्य  बिधि हाे । यसमा काेकाेपिट गड्याैलिमल र कम्पाेष्ट वा गाेठेमल काे बराबर मात्रा 33-33-34%  मिलाइ खेति गर्दा उत्पादन लिन सकिन्छ। काैशिमा सकेसम्म पटक पटक टिप्र मिल्ने तरकारिहरू जस्ताे सिमि बाेडि भन्टा लहरे तरकारिहरू जस्ताे काक्रा करेला तथा गाेलभेडा जस्ता तरकारिहरू लगाउदा राम्राे हुन्छ । यसका लागि मल सकेसम्म प्रागारिक मल तथा रासायनिक मलकाे हकमा  1 %  युरिया (10 gm urea/liter water) लाइ पानीमा मिलाइ प्रयाेग गर्नु पर्छ । शुक्ष्म तत्वकाे हकमा क्रान्तिजस्ता तत्वहरूकाे प्रभावकारिता राम्राे पाइएकाे छ । नेपालीहरूले निर्माण गरेकाे न्यूलाइट वा याे क्रान्ति 1-2 एम एल/लि पानीमा प्रयाेग गर्न पर्छ । फल टिप्दा सिकेचर वा कैचि प्रयाेग गर्न पर्छ । सकेसम्म काेकाेपिटमा नुन हुने हु्दा 3 -4 पटक पानीमा पखालेर मात्र प्रयाेग गर्ने । प्लाष्टिककाे भाडा प्रयाेग गर्नुभन्दा कपडाका ग्राेब्याग ले जराकाे बृद्दि राम्राे हुने र उत्पादनमा सकारात्मक असर पाइएकाे छ । 

१९. कुरिलाे जस्ता बहुबर्षे तरकारीकाे हकमा सकेसम्म पारिलाे जमिनमा लगाउने । २ बर्षपछि मात्र टिप्न शुरू गर्ने । हप्तामा २-३ वटा टुसालाइ प्रकाशस्स्रलेषणका लागि छाडिदिने । बर्षमा १ पल्ट ५ ग्राम /बाेट नुन राखेर पानी दिने । सकेसम्म गाेठेमल प्रयाेग गर्ने । बाेट र ड्यागकाे बिचकाे दुरी ६०X९० से मि कायम गर्न राम्राे हुन्छ ।

२०. भिन्डी (okra) लाइ फुलेकाे ८ दिन भित्र नटिपेमा रेशा विकास भैसक्छ ।काउलीकाे टिप्ने समय काेपि छाेपेकाे अन्तिम पात फैलिएपछि टिप्न पर्छ । खुर्सानी मा पिराे पस्नका लागि खुर्सानीकाे डांठलाइ काेतर्दा काठ कडा भए पिराे पना छ काठ नरम भए पिराे पसेकाे छैन । यसकाे ठीक विपरित भन्टामा हुने गर्छ । अर्थात भन्टा (brinjal) मा उपयुक्त साइजकाे भएपछिकाे भेट्रनाे यदि काेतर्दा नरम भए फल टिप्दा हुन्छ यदि डाठ कडा भएमा काठ पसेमा भन्टाकाे फलमा बिया पसिसकेकाे हुने र खादा बेस्वादिलाे हुनेगर्छ । बढि पाकेकाे हुन्छ । गाजर(Carrot) मा जरामा भएकाे भित्रि पत्र र बाहिरी पत्र समान रूपमा काटिने अवस्थामा हुन पर्छ । यदि खाेक्राे काे विकास भएमा  बढि परिपक्क भएकाे र पाेषक तत्व नष्ट भैसकेकाे हाे ।केराउकाे दाना पुष्ट तर गुलियाेपना कायम भएकाे अवस्थमा टिप्न पर्छ ।

२१. बिरुवालाई पानी दिनमा दिनु राम्रो । भर्खर सारेको बोटलाइ जरा स्थापित हुन तुरुन्त पानी दिनु पर्छ भने फलिरहेका ठूला बोटलाइ दिनमा पानी दिन राम्रो । कारण रात्रिमा पानी दिदा बढि पानी फिल्डमा भइ बोटले बढि भएको पानी पातबाट फाल्न आवश्यक हुने । महंगो पानीमा  बढि खर्च हुने । रोग किराले प्रश्रय पाउने र भूक्षय समेतको संभावना रहने हुंदा दिउसो नै पानी दिंदा बिरुवाले पानीको  सहि सदुपयोग गरेको किसानको अनुभव छ ।

२२. यदि गोलभेंडामा डि ए पि अर्थात फस्फोरसको मात्रा बढि भएमा पातबाट हांगा पलाउन शुरु हुन्छ । बिरुवामा प्राथमिक तत्वको कमि भएमा बोटका तल्ला भागका पातहरुमा, माध्यमिक तत्वको कमि भएमा बोटका बिचका पातमा र शुक्ष्म तत्वको कमि भएमा बोटका कोपिलावाला टुप्पाका पातमा समस्या देखा पर्छ । तर ख्याल राख्नुपर्ने कुरा के रह्यो भने शुक्ष्मतत्वको कमिले देखाउने लक्षण यदाकदा भाइरसले गर्दा हुने लक्षणसंग मेलखाने हु्ंदा चुसाहा किराको संक्रमण छ /छैन यकिन गरि शुक्ष्मतत्वको जांच गरि माइक्रो न्युट्रेन्टको स्प्रे गर्दा प्रभावकारी पाइएको छ । यदि चुसाहा किरा वातावरणमा छन् भने तत्काल तिनको निदान वा व्यवस्थापन पश्चात् मात्र आवश्यक परे मात्र शुक्ष्मतत्व को प्रयोग गर्नु बुद्धिमानी ठहर्छ । 

इस ब्लॉग से लोकप्रिय पोस्ट

कौशी खेती प्रविधि किन र कसरी ( How and Why Kaushi Kheti in Cities?)

कलमीभित्र छिपेको रहश्य (Science of Grafting of two pieces of the tissues)