संदेश

नास्पातीमा तालिम (Training) तथा काँटछाँट (Pruning): सिद्धान्त र व्यवहार

चित्र
नास्पातीमा  तालिम (Training) तथा काँटछाँट (Pruning): सिद्धान्त र व्यवहार नास्पाती Pear समशीतोष्ण क्षेत्रको महत्वपूर्ण फलफूल बाली हो , जसको व्यावसायिक उत्पादनका लागि उचित बगैंचा व्यवस्थापन अत्यन्त आवश्यक मानिन्छ। नास्पातीको बिरुवामा तालिम ( training) तथा काँटछाँट ( pruning) उत्पादन वृद्धि , फलको गुणस्तर सुधार , बिरुवाको आकार व्यवस्थापन तथा रोग–कीरा नियन्त्रणका लागि महत्वपूर्ण कृयाकलाप हुन्। तालिम भन्नाले बिरुवालाई प्रारम्भिक अवस्थादेखि वैज्ञानिक ढङ्गले इच्छाइएको आकार तथा संरचनामा विकास गराउने प्रक्रिया हो जसको फलस्वरुप कृषिकर्महर गर्नका लागि सहज र गुणस्तरको फल उत्पादन गर्न सकियोस भन्ने हो । काँटछाँट भन्नाले अनावश्यक , रोगी , कमजोर वा बढी घना हाँगाहरू हटाई बिरुवाको वृद्धि र फल उत्पादन क्षमतालाई सन्तुलित बनाउने कार्य बुझिन्छ। यी दुवै अभ्यासले बिरुवामा पर्याप्त घाम , हावा तथा पोषणको सन्तुलित वितरण सुनिश्चित गरी दीर्घकालीन उत्पादन दिन मद्दत पुग्छ। नास्पातीमा तालिमको मुख्य उद्देश्य बलियो संरचना विकास गर्नु , बिरुवालाई उचित आकार दिनु तथा फलको भार सहन सक्ने बनाउनु हो। वैज्ञानिक तालिम प...

High Density in Mango: Indian practice सघन आंप खेती एक भारतीय नविन अभ्यासः कसरी?

चित्र
https://youtu.be/mplNIZ0lY9E?si=JPXUi3XzjF_EeHTu आंप खेतीमा नविनतमा प्रविधि ( New Innovation in Mango cultivation) आंप उष्ण प्रदेशिय क्षेत्रका निम्ति फलहरुको राजा मानिएको छ ।यसको बेजोड स्वादका कारण र अनेकन पोषक तत्व उपलब्ध हुने हुदा यसको मानव स्वास्थ्यका लागि विशेष महत्व राख्दछ । नेपालको पूर्वी तराइमा Hot and Humid वातावरण र माटोमा water level अनुकूल (जमिनको निकै तलको सतहमा पानी हुने) भएको र हावाहुरीको प्रकोप पनि पश्चिम नेपालको तुलनामा कम हुने भएकाले पूर्वी तराइ आप खेतीका लागि अनुकूल क्षेत्र मानिएको हो । विश्व मानचित्रमा भारत यस फलका लागि श्रोत देशको रुपमा चिरपरिचित छ । भारतमा विश्वकै सबैभन्दा पुरानो आपको बोट भएको प्रमाण मिलेको छ । नेपालमा कृषि तथा पशुपंछी विकास मन्त्रालयको एक तथ्यांक अनुसार करिब ५० हजार हेक्टर जमिनमा आंप खेती हुने गरेको भएता पनि उत्पादत्व भने ज्यादै न्यून रहेको (३लाख७ हजार मे.टन/८.६३ट/हे) ले कृषि विज्ञहरुका निम्ति यसको उत्पादन र उत्पादकत्व बढाउन धेरै नै मिहिनेत गर्नु आजको समयको माग रहेको छ । यसको प्रयोग टेबल पर्पज लगायत अचार , अम्चुर , क्यान्डि , आपको धूलो , जुस , आदि...