High Density in Mango: Indian practice सघन आंप खेती एक भारतीय नविन अभ्यासः कसरी?
आंप खेतीमा नविनतमा प्रविधि (New Innovation in Mango cultivation)
आंप उष्ण प्रदेशिय क्षेत्रका निम्ति फलहरुको राजा मानिएको छ ।यसको बेजोड स्वादका कारण र अनेकन पोषक तत्व उपलब्ध हुने हुदा यसको मानव स्वास्थ्यका लागि विशेष महत्व राख्दछ । नेपालको पूर्वी तराइमा Hot and Humid वातावरण र माटोमा water level अनुकूल (जमिनको निकै तलको सतहमा पानी हुने) भएको र हावाहुरीको प्रकोप पनि पश्चिम नेपालको तुलनामा कम हुने भएकाले पूर्वी तराइ आप खेतीका लागि अनुकूल क्षेत्र मानिएको हो । विश्व मानचित्रमा भारत यस फलका लागि श्रोत देशको रुपमा चिरपरिचित छ । भारतमा विश्वकै सबैभन्दा पुरानो आपको बोट भएको प्रमाण मिलेको छ । नेपालमा कृषि तथा पशुपंछी विकास मन्त्रालयको एक तथ्यांक अनुसार करिब ५० हजार हेक्टर जमिनमा आंप खेती हुने गरेको भएता पनि उत्पादत्व भने ज्यादै न्यून रहेको (३लाख७ हजार मे.टन/८.६३ट/हे) ले कृषि विज्ञहरुका निम्ति यसको उत्पादन र उत्पादकत्व बढाउन धेरै नै मिहिनेत गर्नु आजको समयको माग रहेको छ । यसको प्रयोग टेबल पर्पज लगायत अचार,अम्चुर, क्यान्डि, आपको धूलो, जुस, आदि जस्ता value addition का कामहरु भइ उपजहरु बजारमा पाउन सकिन्छ ।
Fig- New variety of mango with Drip irrigationयो गर्मी मौसम (Tempr27-42 degree centigrade) तथा गर्मी वातावरण (Terai to Midhill 300m to 800m)तथा कम उचाइमा हुन सक्ने बाली भएता पनि 1000 m उचाइसम्म यसको खेती गरेको पाइएको छ ।तुषारो पर्ने स्थानमा र पानी निकास हुन नसक्ने स्थानमा आंपखेती गर्न सकिदैन । आजभोलि काठमाण्डौका कौशीमा समेत यसका १-२ बोट किसानले लगाएको पाइन्छ तर फलको गुणस्तर भने तराइको जस्तो भने हुदैन । यसलाइ पानी फूल पूर्ण मुजुराइसकेपछि फल विकास हुने संदर्भमा सबैभन्दा बढि आवश्यक पर्छ । यदि यो बेला पानी पाउन सकेन भने फलहरु सुख्खापना र फलको बृद्दि विकासका क्रममा प्रतिष्पर्धा हुन गइ धेरै फलहरु झर्दछन् । यो बाली अन्य बाली भन्दा पानीको मामलामा sensitive छ । यदि नया पात पलाइरहेको बेला फागुन चैत्रतिर यदि पानी दिन थालियो भने flower bud पुष्पकोपिला सबै vegetative bud पातमा परिणत हुन गइ फल उत्पादन कम/शुन्य हुने संभावना बढ्न जान्छ । त्यसैले पूर्णत: सबै हांगाहरु मुजुरा खेलेपछि (after full bloom) सिंचाइ दिन सकेमा यसबाट बढि भन्दा बढि फल retention गर्न सकिन्छ साथै फलको गुणस्तरमा पनि सकारात्मक प्रभाव पर्न जान्छ । सूर्यको प्रकाश तर्फका फलहरु बढि स्वादिला हुने र रंग विकास पनि राम्रो पाइएको छ ।
कस्तो बिरुवा रोप्ने भन्ने कुरा जमिनको आकार, बजारको माग, स्वाद एवं उपलब्ध जात तथा आर्थिक लगानीका कुरा आदिले प्रभाव पार्दछ । माल्दाह, आम्रपाली, दशहरी जस्ता आपहरु नेपाली बजार र जनजिब्रोमा लोकप्रिय जात हुन् ता पनि हाल आएर थाइ जातहरु जुन नियमित फल्ने र बढि तौलका फलहुने बिकासे जातहरु पनि बजारमा नआएका होइनन् ।
स्याउमा जस्तै आपमा पनि High Density Planting प्रविधिको विकास YS PARMAR UNIVERSITY OF HORTICULTURE, Neri, India ले सामान्य जातमा समेत काटछांटको विधि प्रयोग गरि कम दुरी २.५ X२.५ मि मा रोपि २-३ बर्षमा नै उपज लिनसक्ने प्रविधि विकास गरेको छ ।
यसका लागि एक -डेढ बर्षको बिरुवालाइ टुप्पोतर्फबाट नजिकमा झुप्पामा पलाएका पातहरको ठीक माथिबाट काटि टुप्पो हटाइन्छ र नयां हांगाहरु निकाल्न का लागि बोटलाइ बाध्य पारिन्छ । यसो गर्दा auxin को lateral flow हुन गै नयां हांगाहरु चारैतिर पलाउछन् । अर्कोबर्ष उहि बिधिले नयां निस्केका हांगाहरुमा पुन पातहरु निस्केको गांठा को ठिक माथिबाट पुन काटिन्छ र तेश्रो हांगाको विकास हुन दिइन्छ ।
यसरी रोपेको ४ बर्षमा बोट पूर्णत: फल दिनसक्ने जबान बोट बनिसक्छ । यसरी सामान्य बिधिमा १०० बोट/हे मात्र हटाएको अवस्थामा यस नविनतम बिधिमा 1600 बोट/हे (80 बोट/रोपनि) सम्म अटाउछन् र उत्पादन पनि राम्रो लिन सकिन्छ ।
तपाइको घरमा यदि ४ -५ बर्षको आंपको बोट छ तर फलिरहेको छैन.... के गर्ने ? यसका लागि कार्बन र नाइट्रोजनको अनुपात बोटमा कृत्रिम रुपमा व्यवस्थापन गर्न सकिन्छ।
किनकि C:N ratio नमिलुन्जेल फल लाग्दैन त्यसका लागि Branch मा ringing (१ से मि बराबरको हांगको बोक्रा हटाउने बिधि) गर्न सकिन्छ तर यदि १ मात्र हांगा छ र त्यसका ringing गरियो भने आंपको बोट नै मर्छ । यसका लागि कम्तिमा पनि २ वटा हांगा भएकै हुनुपर्छ र ringing पनि १ हांगामा गर्ने र अर्को हांगालाइ खाली छोड्ने गर्नु पर्छ । अन्यथा जराले पानी र मल त माथि बिरुवाको पातलाइ केहि दिन पुर्याउछ तर जब ringing का कारणले बोक्रा हटाइन्छ जरा बिस्तारै मर्न थाल्छ । जरा मरेपछि बोट मर्छ । त्यसैले Ringing गर्दा कम्तिमा २ बटा हांगा हुनै पर्ने र १ हांगा खालि छोड्न पर्ने (Do not allow ringing in the next branch (if only 2 branches are there) to make a survival of the plant especially for the survival of the root).
Stress
physiology in mango also forces it to go for early maturation to have
flowering. आपलाइ
पटक पटक अन्य क्षेत्रमा सारिराख्दा हार्मोन र तनाबका कारण छिटो फलेको व्यवहारिक
रुपमा पाइएको छ ।
यसबालीमा नेपालको मध्यपहाडमा stone weevil... देशभर Mango Mealy Bug तथा Anthracnose र हाल नयां किरामा टेन्ट क्याटरपिलरको समस्या देखिएको छ । प्राविधिकको सल्लाहमा यि रोग तथा किराको समयमा नै उचित व्यवस्थापन /सरसफाइ/ समयमा मलखाद तथा शुक्ष्मतत्वको प्रयोग एवं गुणस्तरीय बोटको प्रयोग तथा मरे सुकेका हांगाहरुको समयमा निकास गर्ने र सिफारिश गरिएको मलखादको प्रयोग गर्न सकेमा आंप खेतीबाट मनग्ये लाभ लिन सकिन्छ ।
Fig-Use of Drone for monitoring pest and diseasesनेपालमा आंप उत्पादनको पर्याप्त सम्भावना भए
तापनि यसको उत्पादकत्व विश्व औसतभन्दा अझै न्यून रहेको छ। यसको प्रमुख कारणहरूमा
गुणस्तरीय कलमी बिरुवाको अभाव,
वृद्ध बगैंचाको बाहुल्यता, सन्तुलित पोषण व्यवस्थापनको कमी, अनियमित सिंचाइ
तथा आधुनिक बगैंचा व्यवस्थापन प्रविधिको सीमित प्रयोग पर्दछन् (MOALD, 2025; FAOSTAT, 2024)। पछिल्ला वर्षहरूमा जलवायु परिवर्तनका कारण
फूल लाग्ने समयमा असामान्य वर्षा,
उच्च तापक्रम, बाक्लो कुहिरो तथा हावाहुरीले परागसेचनमा कमी, फल झर्ने तथा एन्थ्राक्नोज र पाउडरी मिल्ड्युजस्ता रोगहरूको प्रकोप
बढ्दै गएको छ। यस परिस्थितिमा जलवायु सहनशील जात, मल्चिङ, सूक्ष्म सिंचाइ तथा जल संरक्षण प्रविधिको प्रयोग आवश्यक देखिन्छ (IPCC, 2023; Singh et al., 2018)।
आंपमा नियमित तथा गुणस्तरीय फल उत्पादनका लागि
कार्बोहाइड्रेट र नाइट्रोजन (C:N
Ratio) को सन्तुलन अत्यन्त
महत्वपूर्ण हुन्छ। पर्याप्त कार्बोहाइड्रेट सञ्चय भएपछि तथा वनस्पतिक वृद्धि कम
हुँदा पुष्प प्रेरणा (Floral
Induction) बढ्ने गर्दछ। भारत, थाइल्याण्ड लगायतका देशहरूमा Paclobutrazol (PBZ) जस्ता
वृद्धि नियामकको वैज्ञानिक प्रयोगले नियमित फूल र फल उत्पादनमा सकारात्मक प्रभाव
देखाएको छ (Davenport, 2007;
Kulkarni, 2004)। त्यस्तै
नाइट्रोजन, फस्फोरस र पोटाससँगै जिंक, बोरोन, म्याग्नेसियम, फलाम तथा
क्याल्सियमजस्ता सूक्ष्मतत्वहरूले फूल, फल सेट, फलको आकार तथा गुणस्तर सुधार गर्न महत्वपूर्ण भूमिका खेल्दछन् (Marschner, 2012; ICAR-CISH, 2020)।
व्यावसायिक आंप उत्पादनमा मौरी तथा अन्य परागसेचना गर्ने कीराहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ। फूल फुल्ने समयमा मौरीका घार
व्यवस्थापन तथा अनावश्यक विषादीको प्रयोग न्यूनीकरण गर्न सके फल सेट र उत्पादन
दुवै बढाउन सकिन्छ (Free,
1993; Dag et al., 2010)।
त्यसैगरी नेपालका धेरै पुराना बगैंचाहरूमा वैज्ञानिक Rejuvenation Pruning तथा Top
Working प्रविधि अपनाई २–३ वर्षभित्र पुनः उच्च
उत्पादन लिन सकिने अनुसन्धानहरूले देखाएका छन् (ICAR-CISH, 2018)।फल टिपे पश्चात् उचित ग्रेडिङ, प्रि–कुलिङ, Hot Water Treatment तथा
१२–१३°C तापक्रममा भण्डारण गरी २०–३०% सम्म हुने
कटानीपछिको नोक्सानी घटाउन सकिन्छ। साथै जुस, पल्प, क्यान्डी, ड्राइड म्याङ्गो तथा अन्य प्रशोधित
उत्पादनमार्फत मूल्य अभिवृद्धि गरी किसानको आम्दानी उल्लेखनीय रूपमा बढाउन सकिन्छ
(FAO, 2017; Kader, 2002)। भविष्यमा होचा Rootstock, उच्च घनत्व बगैंचा, Precision Fertigation, GIS आधारित क्षेत्र छनोट,
ड्रोन प्रविधि तथा जलवायु
सहनशील जातहरूको विकासमा केन्द्रित अनुसन्धानले नेपालको आंप उद्योगलाई अझ
प्रतिस्पर्धी र दिगो बनाउन महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ (Bally, 2021; Galán Saúco, 2013)।
आंप
खेतीमा आधुनिक तथा नवीन प्रविधिहरू
विश्वभर अहिले परम्परागत आप खेतीको सट्टा High Density Planting (HDP) तथा Ultra High Density Planting (UHDP) प्रविधिले निकै लोकप्रियता प्राप्त गरेको छ।
भारतको तमिलनाडु, महाराष्ट्र, कर्नाटक, गुजरात तथा आन्ध्र प्रदेशलगायतका राज्यहरूमा यस प्रविधिबाट व्यावसायिक रूपमा आप उत्पादन भइरहेको छ। यस प्रणालीमा बिरुवालाई २.५ × २.५ मिटर, ३ × २ मिटर वा ३ × १.५ मिटरको कम दूरीमा रोपेर प्रति हेक्टर १,२०० देखि १,६०० भन्दा बढी बिरुवा स्थापना गर्न सकिन्छ। तर यति धेरै बिरुवा राख्दा नियमित रूपमा हाँगा काटछाँट (Pruning), छत्र व्यवस्थापन (Canopy Management), ड्रिप सिंचाइ तथा फर्टिगेशन अनिवार्य हुन्छ। यस प्रविधिबाट बिरुवाले दोस्रो वा तेस्रो वर्षदेखि नै व्यावसायिक उत्पादन दिन थाल्ने, प्रतिहेक्टर उत्पादन उल्लेखनीय रूपमा वृद्धि हुने, फल टिप्न तथा व्यवस्थापन गर्न सजिलो हुने र उत्पादन लागतसमेत घट्ने भएकाले यसलाई आधुनिक आप खेतीको सबैभन्दा सफल प्रविधिमध्ये एक मानिएको छ।Fig- High Density Planting Mango orchard.
वर्तमान समयमा पानी तथा मल व्यवस्थापनमा पनि ठूलो
परिवर्तन आएको छ। पहिले कुलो वा बाढी सिंचाइ (Flood Irrigation) गर्ने
प्रचलन रहे पनि अहिले
Drip Irrigation तथा Fertigation प्रविधि तीव्र रूपमा विस्तार भइरहेको छ। यस प्रविधिमा थोरै–थोरै
मात्रामा आवश्यक पानी सिधै बिरुवाको जरासम्म पुर्याइन्छ र पानीसँगै घुलनशील मल
पनि नियमित रूपमा उपलब्ध गराइन्छ। विभिन्न अनुसन्धानहरूले यस प्रविधिबाट ४०–६०
प्रतिशतसम्म पानीको बचत हुने,
मलको उपयोग क्षमता बढ्ने, फलको आकार तथा गुणस्तर सुधारिने र उत्पादनमा २५–४० प्रतिशतसम्म वृद्धि
हुन सक्ने देखाएका छन्। पानीको स्रोत सीमित हुँदै गएको वर्तमान अवस्थामा यो
प्रविधि विशेष उपयोगी मानिन्छ।
आधुनिक बगैंचा व्यवस्थापनमा अहिले Canopy Management अर्थात् बोटको छत्र व्यवस्थापनलाई अत्यन्तै महत्त्व दिइन्छ। विगतमा जति
ठूलो बोट उति राम्रो भन्ने धारणा भए पनि अहिले "सानो बोट, धेरै उत्पादन" भन्ने अवधारणाले स्थान लिएको छ। नियमित रूपमा हाँगा
काटछाँट गरी बोटको उचाइ नियन्त्रण गर्ने, भित्रका अनावश्यक
हाँगा हटाउने तथा सूर्यको प्रकाश सम्पूर्ण बोटमा समान रूपमा पुग्ने व्यवस्था
मिलाउँदा प्रकाश संश्लेषण राम्रो हुने, रोग तथा किराको
प्रकोप घट्ने, फलको रङ, स्वाद र गुणस्तरमा
सुधार आउने तथा फल टिप्न पनि निकै सजिलो हुने अनुसन्धानहरूले पुष्टि गरेका छन्।
हालका वर्षहरूमा Plant Growth
Regulators (PGRs) अर्थात् वनस्पति वृद्धि नियामक पदार्थहरूको
प्रयोग पनि आप खेतीमा बढ्दो क्रममा रहेको छ। विशेषगरी Paclobutrazol (PBZ) को प्रयोग गरेर अनियमित रूपमा फल्ने (Alternate Bearing) समस्यालाई
केही हदसम्म नियन्त्रण गर्न, फूल लाग्ने प्रक्रिया प्रोत्साहन गर्न तथा
बोटको अत्यधिक शाकीय वृद्धि नियन्त्रण गर्न सकिन्छ। त्यसैगरी NAA प्रयोग गरेर फल झर्ने समस्या कम गर्न, Potassium Nitrate (KNO₃) को प्रयोगबाट फूल लाग्ने प्रक्रिया प्रेरित गर्न तथा
केही अवस्थामा GA₃ को प्रयोगबाट फलको विकासमा सहयोग पुर्याउन सकिने अनुसन्धानहरूले
देखाएका छन्। यस्ता रसायनहरूको प्रयोग भने सधैँ सिफारिस गरिएको मात्रा र
प्राविधिकको सल्लाहअनुसार मात्र गर्नुपर्छ।
विश्वका धेरै विकसित देशहरूमा अहिले Precision Agriculture अर्थात् सूक्ष्म व्यवस्थापन प्रविधिको प्रयोग तीव्र रूपमा बढिरहेको छ।
यस प्रणालीमा GPS, GIS, माटोको आर्द्रता मापन गर्ने सेन्सर (Soil Moisture Sensor), स्वचालित मौसम केन्द्र (Automatic Weather Station), ड्रोन तथा कम्प्युटर प्रविधिको प्रयोग गरी
बगैंचाको प्रत्येक भागको अवस्था विश्लेषण गरिन्छ। कुन क्षेत्रमा पानी आवश्यक छ, कहाँ पोषकतत्त्वको कमी छ,
कुन स्थानमा रोग वा किराको
सुरुआती लक्षण देखिएको छ भन्ने कुरा समयमै पहिचान गरी आवश्यक व्यवस्थापन गर्न
सकिने भएकाले लागत घट्ने, वातावरणीय प्रदूषण कम हुने र उत्पादनमा
उल्लेखनीय वृद्धि हुने देखिएको छ।
यसैगरी पछिल्ला केही वर्षहरूमा Drone Technology पनि आप खेतीमा तीव्र रूपमा प्रयोग हुन थालेको छ। ड्रोनको माध्यमबाट विषादी तथा सूक्ष्मतत्त्वहरूको छर्काइ, फूल लागेको अवस्थाको निगरानी, बगैंचाको नक्साङ्कन, रोग तथा किराको प्रारम्भिक पहिचान, बिरुवाको वृद्धि अवस्थाको मूल्याङ्कन तथा उत्पादन अनुमान गर्न सकिन्छ। यसले विषादी छर्कन लाग्ने समय र श्रम खर्च घटाउनुका साथै श्रमिकलाई विषादीको प्रत्यक्ष सम्पर्कबाट समेत जोगाउँछ। नेपालमा यो प्रविधि प्रारम्भिक चरणमा भए पनि भविष्यमा व्यावसायिक आप खेतीका लागि निकै उपयोगी हुने अपेक्षा गरिएको छ।
Fig-Bagging of mango fruitफलको गुणस्तर सुधार तथा विषादीको प्रयोग घटाउन अहिले Fruit Bagging
Technology पनि लोकप्रिय बन्दै गएको छ। फल सानो
अवस्थामा पुगेपछि विशेष कागजी वा जैविक रूपमा गल्ने झोलाले प्रत्येक फललाई ढाक्ने
गरिन्छ। यसरी फल छोप्दा फलमा Fruit
Fly, Thrips तथा अन्य किराको
प्रकोप उल्लेखनीय रूपमा घट्ने,
Anthracnose जस्ता रोगको संक्रमण
कम हुने, फलको बोक्रा चम्किलो हुने, रङ राम्रो विकास हुने तथा विषादीको अवशेष न्यून रहने भएकाले
निर्यातयोग्य (Export
Quality) फल उत्पादन गर्न सहज
भएको छ। जापान, चीन, भारत तथा
थाइल्याण्डमा यो प्रविधि व्यापक रूपमा अपनाइएको छ।
माटोको दीर्घकालीन उर्वराशक्ति कायम राख्न र
रासायनिक मलको उपयोग दक्षता बढाउन अहिले Biofertilizer
तथा उपयोगी सूक्ष्मजीव (Microbial Consortium) को प्रयोग पनि बढ्दै गएको छ। Azotobacter, Phosphate Solubilizing Bacteria (PSB),
Trichoderma,
Mycorrhiza
तथा Bacillus जस्ता सूक्ष्मजीवहरूको प्रयोगले जराको वृद्धि राम्रो हुने, माटोबाट पोषकतत्त्व उपलब्ध गराउने क्षमता बढ्ने, केही माटोजन्य रोगको प्रकोप कम हुने तथा बोटको समग्र स्वास्थ्यमा
सकारात्मक प्रभाव पर्ने अनुसन्धानहरूले देखाएका छन्। यसले दीर्घकालीन रूपमा दिगो र
वातावरणमैत्री आप खेतीलाई प्रवर्द्धन गर्दछ।
सूचना तथा सञ्चार प्रविधिको विकाससँगै अहिले Artificial
Intelligence (AI) र मोबाइल आधारित रोग पहिचान प्रणाली पनि विकास भइरहेका छन्। मोबाइलबाट पात वा फलको
तस्बिर खिचेपछि कृत्रिम बुद्धिमत्तामा आधारित प्रणालीले Anthracnose, Powdery Mildew, पोषकतत्त्वको कमी तथा अन्य रोगहरूको
प्रारम्भिक पहिचान गरी आवश्यक व्यवस्थापनको सुझाव दिन सक्छ। यसैगरी स्वचालित मौसम
पूर्वानुमान प्रणालीका आधारमा कहिले सिंचाइ गर्ने, कहिले विषादी
छर्कने वा रोगको जोखिम कहिले बढी हुन्छ भन्ने जानकारी पनि किसानको मोबाइलमै उपलब्ध
गराउने प्रविधिको विकास भइरहेको छ।
विश्व बजारमा प्रतिस्पर्धा गर्न अहिले Global-GAP, Traceability, Residue
Free Production, Good Agricultural Practices (GAP)
तथा QR Code आधारित उत्पादन प्रणाली लाई विशेष महत्त्व दिइएको छ। उपभोक्ताले फल कहाँ
उत्पादन भयो, कुन मल तथा विषादी प्रयोग गरियो, कहिले टिपियो भन्ने सम्पूर्ण विवरण सजिलै प्राप्त गर्न सक्ने भएकाले
यस्ता प्रविधिको प्रयोगले अन्तर्राष्ट्रिय बजारमा नेपाली आपको प्रतिस्पर्धात्मक
क्षमता बढाउन ठूलो योगदान पुर्याउन सक्छ। भविष्यमा नेपालले पनि गुणस्तरीय, सुरक्षित तथा निर्यातयोग्य आप उत्पादनतर्फ ध्यान दिन सकेमा आप खेती
देशको प्रमुख व्यावसायिक फलफूल व्यवसायमध्ये एक बन्न सक्ने पर्याप्त सम्भावना
रहेको देखिन्छ।
आँपको विकृत वृद्धि (Mango Malformation) र यसको व्यवस्थापन
आँपको विकृति (Mango Malformation) विश्वभरि आँपमा देखिने सबैभन्दा गम्भीर तथा आर्थिक रूपमा महत्वपूर्ण रोगहरूमध्ये एक हो। यस रोगका कारण आँपको वनस्पतिक वृद्धि (Vegetative Malformation) र पुष्पीय बिकृति (Floral Malformation) दुवैमा असामान्य परिवर्तन देखा पर्दछन्, जसले फल लाग्ने क्षमता अत्यधिक घटाउँछ र उत्पादनमा ५०–८० प्रतिशतसम्म ह्रास ल्याउन सक्छ। यस रोगको प्रमुख कारक Fusarium mangiferae नामक फफूँद मानिन्छ, यद्यपि यसको विकासमा आँपको कोपिला सुस्री (Aceria mangiferae), बिरुवाको हार्मोन असन्तुलन तथा वातावरणीय अवस्थाले पनि महत्वपूर्ण भूमिका खेल्ने गरेको विभिन्न अनुसन्धानहरूले देखाएका छन् (Kumar et al., 1993; Marasas et al., 2006)।
Fig- Mango Malformation (Floral)यस रोगका दुई प्रमुख प्रकार हुन्छन्। वनस्पतिक विकृतिमा विशेषगरी नर्सरी
तथा कम उमेरका बिरुवामा टुप्पामा धेरै साना हाँगाहरू गुच्छाजस्तै (bunchy top) विकसित हुन्छन्, internode छोटो हुन्छ, पातहरू साना र बाक्ला देखिन्छन्
तथा बिरुवाको सामान्य वृद्धि अवरुद्ध हुन्छ। पुष्पीय विकृतिमा भने मञ्जरी असामान्य
रूपमा बाक्लो,
छोटो र धेरै
शाखायुक्त हुन्छ,
फूलहरू विकृत
देखिन्छन्, फल लाग्ने क्षमता अत्यन्त
कम हुन्छ र प्रभावित मञ्जरी लामो समयसम्म रूखमै सुकिरहेको अवस्थामा रहन्छ। फलस्वरूप
उत्पादनमा ठूलो क्षति पुग्छ (Ploetz, 2003)।
यस रोगको प्रभावकारी व्यवस्थापनका लागि एकीकृत रोग व्यवस्थापन (Integrated Disease
Management) अपनाउनु
आवश्यक हुन्छ। प्रभावित मञ्जरी तथा हाँगाहरूलाई देखिने भागभन्दा कम्तीमा २०–३०
से.मी. तलबाट काटी नष्ट गर्नुपर्छ र pruning गर्दा प्रयोग गरिने औजारहरूलाई प्रत्येक रूखपछि
कीटाणुमुक्त गर्नुपर्छ। रोगको संक्रमण कम गर्न नयाँ मञ्जरी निस्कनुअघि Carbendazim ०.१% वा Thiophanate methyl ०.१% फफूँदनाशकको छर्काइ
गर्न सकिन्छ,
यद्यपि
सम्बन्धित देशमा दर्ता भएका औषधि मात्र प्रयोग गर्नुपर्छ। यदि कोपिला सुस्री (bud mite) को प्रकोप देखिएमा Sulphur वा Abamectin जस्ता स्वीकृत माइटनाशक
प्रयोग गर्न सकिन्छ। साथै अत्यधिक नाइट्रोजन मलको प्रयोग नगरी सन्तुलित पोषण
व्यवस्थापन,
उचित सिंचाइ, बगैंचाको सरसफाइ, राम्रो हावापानीको व्यवस्था तथा
प्रमाणित नर्सरीबाट मात्र स्वस्थ बिरुवा प्रयोग गर्दा रोगको जोखिम उल्लेखनीय रूपमा
घटाउन सकिन्छ। हालसम्म पूर्ण रूपमा प्रतिरोधी जात उपलब्ध नभए पनि Amrapali, Neelum र Totapuri जस्ता केही जातहरू
तुलनात्मक रूपमा कम प्रभावित हुने गरेको विभिन्न अध्ययनहरूले उल्लेख गरेका छन् (Kumar et al., 1993;
Ploetz, 2015)।
आंपमा
लाग्ने मुख्य रोग तथा किराहरु (Major Pest and
Disease of Plant)
|








.jpg)








.jpg)
.jpg)
.jpg)


