कुरिलो किन र कसरी ? (Asparagus why and How?)
कुरिलो किन र कसरी ? (Asparagus why and How?)
कुरिलो एक बहुबर्षिय खाना रुची गराउने टुसा खाने तरकारी बाली हो । यो बाली लिलिएसी परिवारमा पर्दछ, भने यस्को बोटानी नाम एस्पारागस् अफिसिनालीस् हो । यस्तो खेती करेसाबारी लगायत बजार मुखी बगैंचाको हिसावले पनि गर्न सकिन्छ । प्रसस्त उत्पादन लिन सकेको खण्डमा अचार तथा बट्टा बन्दी गरेर धेरै अवधि सम्मको लागि राख्न सकिन्छ र अन्तराष्ट्रिय बजारमा पनि पठाउन सकिन्छ । यो बाली एक पटक रोपी सकेपछि राम्रो संग व्यबस्थापन गरेको खण्डमा १०–१५ बर्ष सम्म राम्ररी उत्पादन लिन सकिन्छ । यसमा भिटामिन ए तथा अन्य खनिजहरु तत्वहरु हुने भएकोले कमजोर भएको समयमा ज्यादै राम्रो पौष्टीक आहारको रुपमा तरकारी तथा सुप बनाएर पीउने प्रचलन छ । यस्को भाले तथा पोथी बोट अलग–अलग हुने भएको हुनाले बीउ उत्पादन गर्नु पर्दा दुबै थरिका बिरुवा लगाउन जरुरी छ ।भाले बोटमा दाना लाग्दैन भने पोथि बोटमा केहि बर्षमा नै फल लाग्ने गर्छ । खासगरी हाइब्रिड जातहरु जस्तो जर्सी किंग जस्ता जातहरुमा यो समस्या नहुने हुंदा विश्व बजारमा यस्ता वर्णसंकर जातहरुको दिनानुदिन माग बढिरहेको पाइन्छ तर नेपालमा हालसम्म पनि एउटै जात मेरि वासिंगटन जो खुल्ला सेचित जात हो को मात्र बाहुल्यता पाइन्छ । यो बाली हिमाल देखि तराइ क्षेत्र सम्म खेती गर्न सकिन्छ । मुस्तांग जस्तो चिसो हावापानी भएको स्थान देखि तराइका जिल्लामा पनि यसको बोट किसानले खेती गरेको देखिएकाले यसको संभावना भोलिका दिनमा व्यवसायिक रुपमा गर्न सकिने अवस्था विद्मान रहेको पाइयो ।यो बाली कोभिड पश्चात कौशीमा समेत ज्यादै लोकपृय बालीको रुपमा शहरी क्षेत्रमा बिस्तार हुदै गएको पाइन्छ कारण यसको सेवनले बिरामी छिटो निको हुने उपभोक्ताको विश्वास रहेको र उत्पादन खासै नभएकाले पनि मुल्य पनि बढि नै रहेको छ ।
यूरोप तथा एसियाका
मुलुक हरुमा धेरै बर्ष पहिले देखिनै यसको खेती गरिएको पाईन्छ । कुनै जातहरु सिधा रहने र
कुनै लहरे खालका पनि हुन्छन् । संसार भरमा यसका करिव १५० उपजातहरु छन्, तर हाम्रो देशमा ४-५ जातहरु मात्र प्रचलनमा आएको देखिन्छ, तापनि व्यबसायीक रुपमा यस्को खेती यदाकदा गरेको
पाईन्छ ।
पौष्टिकताको दृष्टीकोणले
१०० ग्राम कुरिलोमा प्रोटीन ३.१ ग्राम, कार्बोहाईड्रेट ३.७ ग्राम,
रेसा ०.८
ग्राम, क्याल्सियम २२ मिलिग्राम, फस्फोरस ५२ मिलिग्राम, फलाम ०.६ मिलिग्राम, पोटासियम ३०२ मिलि ग्राम,
म्याग्नेसियम
१८ मिलिग्राम र शक्ती २.२ किलो म्यालोरी पाइन्छ । कुरिलोमा चिल्लो पदार्थ बिहिन र
प्रशस्त मात्रामा भिटामिन ए हुने भएकोले निकै उपयोगी खाद्य पदार्थको रुपमा लीईन्छ
। कुरिलो लाई सिधा घाम नपर्ने खुल्ला ठाउंमा सुकाएर सुकुटीको रुपमा राख्न र हरियो
तथा बफाएर सलादको रुपमा पनि खान सकिन्छ ।
बनस्पति बिवरण – बनस्पतिक बृद्धि
बिकासको आधारमा यसलाई ३ भागमा बांड्न सकिन्छ, जस्तै गानो , टुसा , र फर्न (बोट) ।
१. गानो–
कुरिलोको बिरुवाको जमिन भित्र रहेको भागहरु जस्तै-
कलिला जरा, पाना (अंग्रेजीमा
यस्लाई क्राउन पनि भनिन्छ) र मसिना
जराहरुको समष्टिगत रुपलाई गानो (सेला) र अंग्रेजीमा राईजोम पनि भनिन्छ । बोटको
बृद्धि हुने क्रममा गानो छिटो बढ्दै जान्छ र
साथ साथै त्यतिकै मात्रामा (मुना) टुसाको
पनि बृद्धि हुंदै जान्छ । बोटको पूर्ण
बिकासको निमित्त कलिला र मसिना जराहरुको
पनि बृद्धि हुन अत्यावश्यक हुन्छ । यसरी माटो भित्र रहेको गानो एक पटक रोपिसके पछि
त्यसैबाट बर्षैपिच्छे 10-15 बर्ष सम्म कुरिलोको कलिला टुसाहरु राम्रो उत्पादनको
रुपमा निस्कन्छन् र त्यसैकारणले यसलाई
बहुबर्षिय बाली भनिएको हो । यहि गानोले नै कुरिलोको बिरुवालाई राम्ररी बढ्न र हुर्कन चाहिने आवश्यक खाद्य तत्वहरुको
संचय गरी राख्दछ । कुरिलोको
गानोको बृद्धि बिकास हुने क्रममा यो क्रमिक रुपमा बढ्दै जाने गर्दछ । यसरी बढ्ने क्रम माटोको सतहमा अलि बढी हुने
हुंदा जमिनको सतहमा यसको भाग देखिना साथ माटोले छोपिदिनु पर्दछ । यसको बृद्धि एक बर्षमा करिव २ ईन्च जति लम्बाईको आकार सम्म हुन सक्दछ र जराहरु पनि ४–५ फिट लामो तथा माटोको अवस्था हेरी ४–५ फिट गहिराई सम्म जान सक्दछ ।
२. टुसा–
जमिन भित्र रहेको कुरिलोको बोटको गानोमा स–साना आंखाहरु हुन्छन् । यिनै आंखाहरुबाट टुसाको
बिकास हुन्छ । यिनै आंखाहरुबाट निस्केका कलिला टुसाहरुलाई कुरिलोको टुसा वा
अंग्रेजीमा स्पियर पनि भनिन्छ । यसै टुसालाई तरकारीको रुपमा प्रयोग गरिन्छ । उक्त कलिला टुसाहरुलाई झुसिला पातहरुले छोपी
राखेका हुन्छन् । बांसको तामाको जस्तै पात, आंख्ला र अन्तर आंख्ला हुन्छन् र पातहरु एक अर्कामा खप्टिएर रहेका हुन्छन् ।
माटो भित्रको भाग तथा गानोमा धेरै आंखाहरु हुन्छन् जहांबाट मुना निस्कन्छन् । एउटा मुना वा टुसा
बिकसित नभईकन अर्को आंखाबाट मुना निस्कन
सक्दैन । यस प्रकृयालाई बृद्धिको होडबाजी भनिन्छ । त्यसैले अहिले निस्केको टुसा
तयार हुनासाथ जमिनको सतहबाट भांचेर बाली
लिएमा अरु आंखाबाट पनि नयां टुसाहरु निस्कन पाई उत्पादन समेत बढी लिन
सकिन्छ ।
कुरिलोको टुसा बृद्धि र बिकासमा वातावरणीय
तापक्रमको प्रमुख भुमिका रहन्छ । कम
तापक्रममा टुसाको बृद्धि ढिलो हुने र
टुसामा रेसाको मात्रा बढेर जान्छ भने, बढी तापाक्रम भएमा मसिनो
टुसा उत्पादन भई उत्पादन राम्रो हुंदैन
। तसर्थ टुसाको राम्रो बृद्धिको लागी उपयुक्त तापक्रम (२५–३० डिग्रि सेल्सियस) रहेमा दुई दिनको
अवधिमानै यसको बृद्धि करिब ५–६ ईन्च लम्बाईको हुन सक्ने हुंदा राम्रो मानिन्छ ।जाडोमा कुरिलोको बोट
पहेलिंदै मर्न थाल्छ त्यव बेला बोटलाइ १ बित्ता (लगभग १० से मि माथिबाट) माथिबाट बोट काटिदिएमा बोट हाइबर्नेसनमा जान पाउछ र आगामि
गर्मी मौसमका लागि टुसा निस्कनमा बोटलाइ छिटो राहत पुग्छ ।
३. फर्न–
कुरिलोको गानोबाट निस्किएका कलिला टुसाहरुलाई
तरकारीको रुपमा प्रयोग नगरी त्यसै बढ्न
दिएमा टुसाको बृद्धि क्रमिक रुपले हुंदै
गई करिब ५–६ फिट सम्म बोट अग्लो हुन्छ । बोटमा आंख्लाहरु बाट अरु स–साना हांगाहरु
निस्कन्छन् र एउटा सानो बोटको रुप धारण गर्दछ । यिनै बोटहरु लाई नै फर्न वा एउटा
वयस्क बिरुवाको रुपमा चिनिन्छ । कुरिलोका मसिना पातहरु लाई ल्कोडोफिल भनिन्छ ।
कुरिलोका हांगा बिंगाहरुमा फुल र फल लाग्दछ । फल पोथी फूलमा मात्र लाग्दछ । भाले
फूलको दांजोमा पोथी फूल ठुलो हुन्छ । फल पाकी सकेपछि रातो, सानो र ऐसेलुको दाना जस्तै
हुन्छ ।
माटो र मलखाद –
कुरिलोको खेती प्रायः जसो सबै खालको माटोमा
गर्न सकिने भएता पनि यसको राम्रो
उत्पादनको लागि गहिरो र खुकुलो माटोको आवश्यकता पर्दछ । बलौटे दोमट, पांगो दोमट राम्रो माटो मानिन्छ, तर यसको खेती गर्न माटोमा
पानीको राम्रो निकासा हुनु पर्दछ । अम्लिय माटोमा यसको खेती राम्रो हुदैन , त्यसैले यस्तो माटोमा कृषि चुनको प्रयोग गर्नु
पर्दछ । माटोको अम्लियपन ६–६.७ सम्मको पि.एच. हुनु राम्रो मानिन्छ । मलखादको हकमा
राम्ररी पाकेको कम्पोष्ट वा गोबर मल ४० डोका, नाईट्रोजन ५ के.जी, फस्फोरस २.५ के.जी, र पोटास तत्व ३.५ के.जी प्रति रोपनी आबश्यक पर्दछ । २ बर्षपश्चात् बोटको वरपर एक चिया चम्चा नुन
प्रयोग गर्नु ज्यादै राम्रो हुन्छ । कुरिलोको टुसा पलाउने बेलामा बोटको नजीक खनेर
काठ चिरेको धुलो वा भुसले छोपेर माटोले पुरेको खण्डमा माटो हल्का भै टुसाको बिकास
राम्रो तथा मोटो अनि लोभ लाग्दो देखिन्छ ।बोट रोप्नेबेला नै ९०X६० से मि को दुरीमा
बोटका लागि खाडल तयारीमा नै यी मलहरुमा पाकेको कम्पोष्ट मल करिब ३ केजि जति मिलाउन
सकेमा यसबाट करिब १० बर्षसम्म राम्रो उत्पादन लिन सकिन्छ ।
हावापानी–
समशितोष्ण वा हलुका उष्ण तथा सुख्खा सिजन
राम्रो हुन्छ ।
२५–३० डिग्री सेल्सियस
सम्मको तापक्रम भएमा यसको टुसाको गुणस्तर राम्रो हुन्छ ।
नेपालमा यसको खेती
मध्ये पहाड देखि तराई सम्म गर्न सकिन्छ ।
कुरिलो खेती गर्ने तरिका – कुरिलो ३ किसिम बाट लगाउन
सकिन्छ ।
१. सोझै बीउ छरेर ।
२. एक बर्ष पुरानो गानो (राइजोम) वा सेला रोपेर ।
३. नर्सरीमा
बिरुवा तयार गरेर (८–१२ हप्ताको
बेर्ना सार्न तयारी हुन सक्दछ )
१. सोझै बीउ छरेर-
काठमाण्डौको हकमा कुरिलोको बीउ उम्रन
करिब 1-१.५ महिना लाग्ने र बेर्ना तयार हुन
करिब २.5 देखि ३ महिना लाग्ने भएकोले सिधै जमिनमा
बीउ रोप्दा हेरचाह नपुग्ने हुंदा उमार प्रतिशत धेरै नै कम हुने भएकोले यो तरिका
चलनमा छैन । यसरी सोझै बीउ छर्दा एक रोपनी क्षेत्रफलको लागी राम्रो उम्रने शक्ती
भएको बीउ ३००-४०० ग्राम भए पुग्दछ ।
२. एक बर्ष पुरानो गानो (
राईजोम ) वा सेला प्रयोग गरेर-
कुरिलोको प्रसारणका
लागी पुरानो कुरिलो बोट बाट गानो निकाली सार्न सकिन्छ , अथवा बीउबाट नर्सरीमा उमारिएको एक बर्षे गानो पनि
सार्न सकिन्छ । बीउबाट गानो तयार गर्न तपसिल बमोजिमको प्रबिधि अपनाउनु पर्दछ ।
कुरिलोको
बीउ ५–७ से.मी.को फरकमा २.५ से.मी. गहिरो पर्ने गरी ६० से.मी.को हरफमा
फाल्गुण–चैत्रमा रोप्नु पर्दछ र १ बर्ष
पछि खनेर गानो निकाल्नु पर्दछ वा गानोको
तौल मुना सहितको १०० ग्राम जति हुन जरुरी हुन्छ ।
यी
खनेर निकालिएका गानोहरु लाई सार्नको लागी ५० से.मी. चौडाई, ५० से.मी.गहिरो कुलेसाहरु ( खाडल) बनाउनु पर्ने
हुन्छ । उक्त कुलेसोमा (खाडल) ३० से.मी.
बाक्लो गोबर मल भर्ने र त्यस माथी २० से.मी. बाक्लो गोबर मल र माटो बराबर भागमा
मिसाएर पुनः भर्नु पर्दछ ।बोटको दुरी सामान्यत ६०x९० से मि कायम गर्दा प्रभावकारी पाइएको छ । एक रोपनी क्षेत्रफलमा गोठेमला ३-४ केजि नाईट्रेजन, फस्फोरस र पोटास क्रमसः
५:२.: र ३.५ के.जी.का दरले
हाली राम्ररी माटोमा मिलाउनु पर्दछ ।
५
से.मी. जति माटोले टुसा नछोप्ने गरी गानो रोप्ने र टुसा बढ्दै गएपछि माटोले
बिस्तारै छोप्दै छोप्दै जानु पर्दछ ।
कुलेसोको
दुरी ९०–१०० से.मी मा पनि गर्न सकिएता पनि जमिनको उपलब्धता र बिरुवाको घनत्व र मलाखादको
उपयोगलाइ विचार गरी यो दुरीमा सामान्य थपघट गरेको हाम्रो अध्ययन रहेको र किसानको
प्रतिकृया पनि लगभग उस्तै छ । एक पाना देखि अर्को पानाको दुरी साधारणतया ५०-६० से.मी. राख्दा राम्रो
हुने देखियो हुन त कसैकसैले ३०-४० से मि पनि गरेको पाइन्छ , तर करेसाबारीमा लगाउंदा दुरी कम गर्न सकिन्छ ।
यसरी लगाउंदा एक रोपनीमा १५००–२००० सम्म गानो रोप्न सकिन्छ । करेसाबारीको हकमा
४५ह्३० से.मी कायम राख्न सकिन्छ ।यस्तो स्थितीमा सरदर रोपनीमा ४,००० सम्म बिरुवा जान्छ।
३. नर्सरीमा बिरुवा तयार गरेर–
फाल्गुण–
बैसाख महिनामा वा भाद्र । आश्बीनमा प्लाष्टिक व्याग वा नर्सरी व्याडमा बीउ रोप्नु
पर्दछ ।
करिब ३ महिनाको अबधीमा बेर्ना २५–३० से.मी. अग्लो
भएपछि सार्ने लायकका हुन्छन् ।
जेष्ट
-आषाढ महिना वा मंसिर पौष महिना तीर बेर्ना कुलेसोमा सार्न सकिन्छ ।
एक रोपनीमा २,००० सम्म बिरुवाको आवश्यकता पर्दछ, भने सोको लागी कुरिलोको बीउ ४००
ग्राम सम्म आबश्यक पर्ने हुन्छ । यसरी लगाउनु पर्ने स्थितीमा एक गानो देखि
अर्को गानोको दुरी ३०–४० से.मी र एक लाईन देखि अर्को लाइनको दुरी ९० देखि १००
से.मी को फरकमा लगाउन उपयुक्त हुन्छ ।
कुरिलोका जातहरु–
हाल प्रचलनमा ल्याईएका जातहरुमा
मेरी वासिंटन, क्यालिफोर्निया–६६, क्यालिफोर्निया–५००, क्यालिफोर्निया –७११, भाईकि¨ आदी हुन् । यी बाहेक नेपालमा बिभिन्न हाईब्रीड
(ठिमाहा) जातहरु पनि प्रयोग गरिंदै आएको पाईन्छ । जर्सी किंग न्यू जर्सी हाल प्रचलनमा रहेका वर्णसंकर जातहरु
हुन ।
उत्पादन–
कुरिलो लगाएको दोश्रो बर्ष देखि टुसाको उत्पादन लिन सकिन्छ
। यसरी निस्केका मुनाहरु लगातार रुपमा
बढिमा एक महिना सम्म लिन सकिन्छ । त्यस
पछि भएका मुनाहरुलाई त्यतिकै छोडेर बोटको रुप धारण गर्न दिनु पर्दछ । यसो गरेको
खण्डमा माटो भित्र रहेको गानोमा कार्बोहाईड्रेड जम्मा हुनगै अर्को बर्षको उत्पादन राम्रो हुन्छ । टुसा २५–३० से.मी लामो र ०.५ से.मी.व्यास भए
पछि बाली लिन तयार हुन्छ । राम्रो रेखदेख र मलजलको उचित व्यवस्था भएमा प्रति रोपनी
१५०–२०० के.जी सम्म खाने टुसाहरु उत्पादन लिन सकिन्छ ।
कीरा–
थोप्ले खपटे किराले कलिला मुनामा आक्रमण गरी
मुनालाई नोक्सान गर्ने हुंदा यो किराको नियन्त्रणको लागी कुनै घरेलु बिषादी वा
मालाथायन २ ग्राम वा इमिडाक्रोप्रिड १
यम.यल प्रति ३ लिटर
पानीमा मिसाई किराको आक्रमण देखिना साथ प्रयोग गर्नु पर्दछ ।
रोगहरु–
जरा
कुहिने, सिन्दुरे रोगको प्रकोप
देखिएमा डाईथेन एम–४५ अथवा बेभिस्टीन बिषादी २ ग्राम प्रति लिटर पानीमा मिसाई स्प्रे गर्नु पर्दछ ।निकासको राम्रो प्रवन्ध
गरिनुपर्छ ।
किसानले याद गर्नु पर्ने कुराहरुः
कुरिलो
(Asparagus) बहुवर्षीय तरकारी बाली भएकाले यसको उत्पादन
केवल मल, सिँचाइ वा जातमा मात्र निर्भर हुँदैन, बरु यसको physiological, ecological तथा management सम्बन्धी प्रक्रियाहरू बुझ्नु अत्यन्त आवश्यक हुन्छ। धेरै किसान र कतिपय
प्राविधिकले पनि ध्यान नदिने सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको crown र root carbohydrate reserve हो। कुरिलोको खाने भाग अर्थात् spear वास्तवमा crown र जरामा सञ्चित भएको carbohydrate (विशेषगरी
fructans) को प्रयोगबाट विकसित हुन्छ। प्रत्येक spear निस्कँदा जरामा सञ्चित ऊर्जा खर्च हुन्छ र harvesting समाप्त भएपछि विकास हुने fern ले प्रकाश संश्लेषण (photosynthesis) गरेर
पुनः यही ऊर्जा crown र जरामा सञ्चित गर्छ। त्यसैले harvesting धेरै लामो समयसम्म गर्नु वा harvesting सकिएलगत्तै fern काटिदिनु अर्को
वर्षको उत्पादन घट्ने प्रमुख कारण हो। वैज्ञानिक अध्ययनले harvesting पछि fern
पूर्ण रूपमा विकास हुन दिएमा
अर्को वर्ष spear को संख्या, मोटाइ र गुणस्तर
उल्लेखनीय रूपमा बढ्ने देखाएको छ।
कुरिलोको
crown भित्र सयौं dormant
buds अर्थात् सुप्त कोपिलाहरू हुन्छन्, जसलाई bud bank भनिन्छ। प्रत्येक वर्ष तीमध्ये केही मात्र सक्रिय भएर नयाँ spear उत्पादन गर्छन् भने बाँकी अर्को वर्षका लागि
सुरक्षित रहन्छन्। यदि अत्यधिक harvesting
गरियो भने crown ले नयाँ bud निर्माण गर्न
पर्याप्त ऊर्जा पाउँदैन, जसका कारण बिस्तारै spear को संख्या घट्दै जान्छ र crown समयभन्दा पहिले वृद्ध हुन्छ। यससँगै apical dominance नामक शारीरिक प्रक्रियाले पनि महत्त्वपूर्ण भूमिका खेल्छ। पहिलो
निस्किएको spear ठूलो र शक्तिशाली हुन्छ, जसले अन्य नयाँ spear
को विकास केही हदसम्म दबाउँछ।
त्यसैले harvesting ढिलो गर्दा spear fern मा परिणत
हुन थाल्छ र नयाँ spear को विकास सुस्त हुन्छ। यही कारण व्यावसायिक
खेतीमा दैनिक वा दिनमा दुई पटक harvesting
गर्न सिफारिस गरिन्छ।
माटोको
तापक्रम कुरिलोको उत्पादनमा अत्यन्त प्रभावकारी हुन्छ। सामान्यतया १०°C भन्दा कम तापक्रममा bud
निष्क्रिय रहन्छ, १५–१८°C मा नयाँ spear निस्कन सुरु
हुन्छ र २०–२५°C मा तीव्र वृद्धि हुन्छ। तर ३५°C भन्दा माथिको तापक्रममा spear
पातलो, रेशेदार तथा चाँडै खुल्ने (tip opening) समस्या
देखापर्छ। धेरै किसानले spear
पातलो हुनु मलको कमी हो भन्ने
ठान्छन्, तर यसको मुख्य कारण crown मा सञ्चित carbohydrate को कमी, अत्यधिक harvesting,
crown को उमेर र जराको
स्वास्थ्य हो। त्यसैले spear को मोटाइ बढाउन केवल मल थप्नु पर्याप्त
हुँदैन; crown लाई पर्याप्त विश्राम र fern विकासको अवसर दिनुपर्छ।
कुरिलोमा
नर (male) र पोथी (female) बिरुवाबीच
पनि उल्लेखनीय भिन्नता हुन्छ। Male
बिरुवाले seed उत्पादन नगर्ने भएकाले आफ्नो अधिकांश ऊर्जा spear उत्पादनमा खर्च गर्छ र सामान्यतया धेरै तथा बाक्ला spear उत्पादन गर्छ। Female बिरुवाले berry तथा seed
बनाउन ठूलो मात्रामा ऊर्जा
खर्च गर्ने भएकाले यसको उत्पादन अपेक्षाकृत कम हुन्छ। यही कारण आधुनिक व्यावसायिक
खेतीमा all-male hybrid जातहरूलाई प्राथमिकता दिइन्छ। त्यस्तै crown रोप्ने गहिराइ पनि अत्यन्त महत्त्वपूर्ण हुन्छ। धेरै
गहिरो रोप्दा spear ढिलो निस्कने र टेढो हुने समस्या देखिन्छ
भने धेरै उथलो रोप्दा crown गर्मी र चिसो दुवैबाट क्षति पुग्ने सम्भावना
बढ्छ।
कुरिलोको
जरा गहिरो जाने भए पनि यसलाई अक्सिजनको अत्यधिक आवश्यकता हुन्छ। पानी जम्ने (waterlogging) अवस्थामा जराले पर्याप्त अक्सिजन प्राप्त गर्न
नसक्दा crown rot, Fusarium
wilt तथा root decline जस्ता समस्याहरू बढ्छन्। त्यसैले राम्रो निकास भएको
माटो र raised bed को प्रयोग अत्यन्त आवश्यक मानिन्छ। त्यस्तै harvesting, fern विकास, carbohydrate सञ्चय, dormancy र पुनः spear विकासको
वार्षिक चक्र (annual
carbohydrate cycle) बुझ्नु
पनि सफल उत्पादनको आधार हो। वसन्तमा नयाँ spear विकास हुँदा root reserve खर्च हुन्छ, harvesting अवधिमा
यो अझ घट्छ, harvesting पछि विकसित fern ले पुनः carbohydrate सञ्चित गर्छ र शरद ऋतुमा root reserve पुनः भरिन्छ। यदि harvesting अत्यधिक
भयो भने यो reserve पुनः भरिन नपाई अर्को वर्ष कमजोर उत्पादन
हुन्छ।
पुरानो
कुरिलो बगैंचामा soil fatigue वा उत्पादन घट्ने समस्या पनि धेरै देखिन्छ। यसको कारण केवल पोषक तत्वको
कमी नभई Fusarium जस्ता रोगजनकको सङ्कलन, पुराना जराबाट निस्कने allelopathic
पदार्थ तथा लगातार एउटै बाली
लगाउँदा हुने जैविक असन्तुलन पनि हो। त्यसैले पुरानो खेतमा तुरुन्त पुनः कुरिलो
लगाउनु उपयुक्त हुँदैन। साथै harvesting
अवधि पनि सीमित हुनुपर्छ। नयाँ
बगैंचामा पहिलो वर्ष harvesting
नगर्नु वा धेरै छोटो अवधिसम्म
मात्र गर्नु, दोस्रो वर्ष ४–५ हप्ता र पूर्ण विकसित बगैंचामा
६–८ हप्ताभन्दा बढी harvesting
नगर्नु दीर्घकालीन उत्पादनका
लागि उपयुक्त मानिन्छ।
Fern को घनत्व र संरचनाले पनि उत्पादनमा प्रभाव
पार्छ। अत्यधिक बाक्लो fern हुँदा हावाको आवागमन कम भई रोग बढ्ने सम्भावना
हुन्छ भने अत्यधिक थोरै fern हुँदा photosynthesis कम
भएर carbohydrate सञ्चय घट्छ। साथै कुरिलोको जरा २–३ मिटर
गहिरोसम्म पुग्न सक्ने भएकाले नजिक रहेका ठूला रूखहरू वा धेरै पानी तथा पोषक तत्व
उपभोग गर्ने बोटहरूसँग प्रतिस्पर्धा हुन्छ। तेज हावाले fern भाँच्ने, lodging गराउने
तथा photosynthesis घटाउने भएकाले windbreak को व्यवस्था गर्नु लाभदायक हुन्छ। त्यस्तै धेरै
नुनिलो (saline) माटोमा, विशेषगरी EC 2 dS/m भन्दा माथि पुगेपछि उत्पादनमा क्रमशः गिरावट आउन
थाल्छ।
कुरिलोको
बगैंचाको आयु सामान्यतया १५–२० वर्षसम्म हुन सक्छ, तर यसको उत्पादन
निरन्तर उच्च राख्न crown को स्वास्थ्य जोगाउनु सबैभन्दा महत्त्वपूर्ण
हुन्छ। Crown मा पर्याप्त carbohydrate सञ्चित
हुने, fern समयमै विकास हुने, harvesting सीमित गर्ने, राम्रो निकास भएको
माटो प्रयोग गर्ने, रोगको दबाब कम गर्ने तथा male hybrid जात छनोट गर्ने किसानले धेरै वर्षसम्म उच्च उत्पादन
लिन सक्छन्। वास्तवमा कुरिलो खेतीमा सफलताको आधार मलको मात्रा मात्र होइन, crown physiology, bud bank management, source–sink relationship,
carbohydrate budgeting, harvest intensity, root oxygen status, fern
photosynthetic efficiency तथा crown longevity जस्ता वैज्ञानिक अवधारणाहरूको सही व्यवस्थापन हो। यही पक्षहरू बुझेर
खेती गर्ने किसानले दीर्घकालसम्म उच्च गुणस्तरको उत्पादन, राम्रो आम्दानी र स्वस्थ बगैंचा कायम राख्न सक्छन्।
(१) रोपेको २ बर्ष पछि कुरिलोको टुसा आउन थाल्दछ, तर पहिलो पटकका केही टुसाहरुलाई भाच्नु हुदैन र बढ्न दिनु पर्दछ । तेश्रो
बर्षमा मात्र खास टुसा भाचेर बिक्री गर्न सकिन्छ ।यदि दोश्रो बर्ष मा नै कुरिलो
लिने भए हरेक हप्तामा कम्तिमा २ टुसालाइ प्रकाशसंष्लेणका लागि छाडिदिनु पर्छ ।
(२) टुसाको लम्बाई करिव २५–३० से.मी. लामो भए पछि टुसालाई माटोको सतह देखी तल देखि तानेर निकाल्नु पर्दछ ।
(३) बैशाख देखि असार सम्म निस्केका टुसाहरुलाई मात्र भांचेर वा तानेर (uprooting shoots) बाली लिनु पर्दछ । त्यसपछि आएका कलिला टुसालाई भाच्नु
वा तान्नु हुदैन र बढ्न दिई फर्न वा बोटको
बिकास हुन दिनु पर्दछ ।
(४) बहुबर्षिय बाली भएकोले समय समयमा गोडमेल गरी रहनु पर्दछ ।
(५) बाली लगाएको दोश्रो बर्ष सम्म गानाको वरपर माटो सुक्न दिनु हुंदैन ।
(६) जाडो सकिएपछि सुकेका बोटहरु जराहरु नोक्सानी नहुने गरी हटाई दिनु पर्दछ ।
(७) टुसा भांचेको दिनमा बिक्री हुन नसकेको अबस्थामा टुसाको फेद आधा ईन्च काटी
मन्तातो पानीमा डुवाई राखेमा २-३ दिन सम्म रहन सक्दछ ।
८) सकेसम्म यो बाली घाम लाग्ने स्थानमा मात्र यो बाली लगाउनु
पर्छ । छांया पर्ने स्थानमा यसको बृद्धि राम्रो पाइएन ।
९.) यसको खेतीका लागि रासायनिक मल भन्दा गोठेमल वा भर्मीकम्पोष्ट जस्ता मल एवं प्लाष्टिक मल्च तथा
नुनको प्रयोग उपयुक्त हुने देखियो ।
