अनारमा तालिम र कांटछांट किन र कसरी ? How and Why training and pruning in Pomegranate?
अनारमा तालिम र कांटछांट किन र कसरी ?
अनारको विरुवा रोपेर फल फल्ने अवस्थाको प्रतिक्षा गरेर मात्र जिम्मेवारी पुरा हुदैन । मुख्य रुपले सधै सम्झनु पर्ने कुरा के हो भने राम्रो गुणस्तरको फल उत्पादन गरेर बजारमा उच्च मुल्य प्राप्त गर्न उत्पादकले ठिक साइज, आकर्षक रगं, बांस्नादार र भण्डारण क्षमता राम्रो भएको फल उत्पादन गर्नु पर्दछ ।
यि माथीको कुराहरु पुरा गर्न कृषकले धेरै परिमाणमा गुणस्तरिय अनार फल उत्पादन गर्छु भन्ने उदेश्य लिनु पर्दछ । यि उदेश्यहरु उचित रुपले कांटछांट गरेर मात्र पुरा गर्न सकिन्छ ।
कुनै खास उदेश्य पुरा गर्न बैज्ञानिक ढड्डले
अनारको अकार, प्रकार मिलाउन, हांगा, सहायक हांगा, सख्खरहरु र मुनाहरु
हटाउनु नै कांटछांट हो । अनारमा अन्य शितोष्ण फलमा जस्तो स्थापित कांटछांट वा तालिम दिने विधी नभएता पनि अनारमा कांटछांट
धेरै महत्वपुर्ण प्राविधीक कार्य हो ।
उचित कांटछांटले ठुलो परिमाणमा गुणस्तरिय फल उत्पादन गर्न सकिन्छ । यदि गलत
हिसाबले कांटछांट गरेमा पुरानो वोटको उत्पादन क्षमता घटन थाल्छ भने नयां विरुवामा
फल उत्पादन ढिलो शुरु हुन्छ ।
अन्य शितोष्ण फलपूmलमा जस्तै अनारको वोटलाई हिउंदमा वोट सुशुप्त अवस्थामा भएको समयमा कांटछांट
गरिन्छ । हिउंदमा गरिएको कांटछांटवाट स्याउमा जस्तो कांटछांट गरेर कति उत्पादन हुन
सक्दछ भन्ने कुराको यकिन गर्न मुश्कील पर्दछ । बसन्त ऋतुको तुलनामा हिंउंदमा
गरिएको कांटछांटले वोटलाई शक्ति प्रदान गर्दछ ।
अनारको वोटको अकार प्रकार मिलाउन र सोही अनुसार अनारको
वोटलाई व्यवस्थीत गर्न हरेक बर्ष कांटछांट गरिन्छ । त्यसैले अनारको वोटको तालिम र
कांटछांट अनार खेतिको लागी अति महत्वपुर्ण पक्ष हो । तालिम र कांटछांट नमिलेको
अवस्थामा फल नफल्न र कम फल्न पनि सक्दछ । अनारको वोटलाई तालिम दिंदा निम्न
फाईदाहरु हुन्छ ।
मुख्य हांगाहरु बलियो हुन्छ जस्ले गुणस्तरिय फल उत्पादन हुनुको साथै सो
हांगामा फल्ने धेरै फलहरु धान्न सक्दछ ।
लगातार हरेक बर्ष
उत्पादन लिन सकिन्छ ।
बोटमा धेरै हांगा र
पातहरु आउछन र सबै पातहरुले सुर्यको किरण प्राप्त गर्दछन ।
ईच्छाएको मात्रा र
दिशामा फल फलाउन सकिन्छ ।
बगैचा व्यवस्थापन
(गोडमेल, विषादी छर्न, मलखाद दिन सजिलो हुन्छ ।
वोटको सबै भागमा
हावाको संचार हुन्छ ।
रोग किराको असर कम
हुन्छ ।
राम्रो तालिमले
हांगाहरुलाई कडा सूृर्यको किरणवाट जोगाउछ ।
चांडै उत्पादनमा आउन
सहयोग गर्दछ ।
तालिम (Training)
गुणस्तरिय र धेरै फल उत्पादन गर्न प्रायः जसो फलको नियमित वा फलको किसिम अनुसार कुन तरिकावाट तालिम दिने हो भन्ने कुरा सिफारिस गरिएको हुन्छ
तर अनारमा यो नै तरिकावाट तालिम दिनु पर्दछ भन्ने कुरा प्राविधिक हिसाबले उपयुक्त
छ भनि सिफारिस गरिएको पाईदैन । तै पनि अनार खेतिवाट अनुभब बटुलेका कृषकहरु र
प्राविधीकहरुका अनुसार तालिम दिंदाको सिप वोटको बृद्घि विकास हांगाहरुमा लगाउनु
पर्दछ, जुन भाग ठुलो भए पछि स्थाई
हांगाको रुपमा स्थापित हुन्छ । वोटलाई तालिम माथी उल्लेख गरिए जस्तै फल चांडै
फलाउन, हांगाहरु बलियो बनाउने
हो जस्ले पछि गएर पुर्ण क्षमतामा फल उत्पादन हुंदा धान्न सक्ने हुन्छ । ति
हांगाहरुमा असामान्य हिसाबले बडेका नयां हांगाहरुलाई हटाउदै लैजानु पर्दछ अनारको
भरखर रोपिएका वोटलाई प्रायाः दुई प्रकारवाट तालिम दिई खास प्रकारको अकारमा ल्याई
सोही अकार अनुसार बर्षेनी कांटछांट गर्ने गर्नु पर्दछ ।
माथी उल्लेख गरिए अनुसार अनारमा तालिम दिने
स्थापित तालिम दिने प्रणाली नभएता पनि
व्यवसायिक रुपले अनार खेति गरिने देशहरुमा अनारको वोटलाई एकल वा बहु प्रणालीवाट तालिम दिने प्रचलन छ । तर दुई प्रणालीको अनुसन्धान अनुसार
उत्पादनमा तात्वीक फरक भने पाईदैन ।
१. एकल फेद बिधि
यो तरिकामा रोप्ने समयमा मुख्य फेद वा काण्ड बाहेक
अन्य हांगाहरुलाई हटाईन्छ । मुख्य फेदलाई
रोप्ने समयमा ४० से.मी वाट माथीको भागलाई हटाईन्छ । जसको फलस्वरुप काटेको
ठांउ वरीपरी भएका मुनाहरुवाट प्रशस्त नयां हांगाहरु आउछ । ति मध्ये चारै दिशामा
बराबर दुरीमा आएका ३ देखि ४ वटा हांगाहरुलाई मात्र मुख्य हांगाको रुपमा राखेर अन्य बांकीलाई हटाईन्छ । तेस्रो बर्ष देखि
आवश्यकता बमोजिमको अकारमा मिलाउनु सकिन्छ । यसरी मुख्य हांगाहरु व्यवस्थापन गर्दा
खुल्ला केन्द्र प्रणाली जस्तो पनि देखिन्छ । तर कतिपय देशमा यसरी वोटलाई मुख्य हांगाहरु व्यवस्थीत गरेर तालिम नदिईकन
सोझै ४० देखि ६० से.मी. सम्ममा आउने
हांगाहरुलाई शुरु देखि नै स्थायी रुपमा हटाउने सो भन्दा माथीका हांगाहरुलाई
बडन दिने प्रचलन पनि देखिन्छ । तर केही
देशमा भने फल उत्पादन दिन थाले पछि मुख्य वोटको टुप्पोलाई हटाउने चलन पनि देखन्छ । भारतमा भने एकल फेद
प्रणालीवाट वोटलाई तालिम दिई व्यवसायिक
खेती गरेको भने पाईदैन । एकल प्रणालीवाट तालिम दिन रोप्ने समय देखि नै शुरु गर्नुु पर्दछ । एकल प्रणालीमा एउटै फेद हुने भएकोले फेद सोझो र
बलियो बनाई राख्न रोप्ने समयमा नै वोटको दुबै तर्फ सोझो किलाहरु गाडेर
व्यवस्थीत गर्नु पर्दछ । यो कार्य पनि वोटलाई तालिम दिने प्रक्रिया भएकाले यस
कार्यमा कृषकहरु सजक हुनु पर्दछ ।
२. बहु¬–फेद बिधि
नयां रोपेको वोटमा भएको ४ – ५ वटा (चित्र नं.
२ बहुफेद) तलैवाट फेदको रुपमा आएको
हांगाहरुलाई राखिन्छ र अन्यलाई हटाईन्छ ।
पछि गएर एउटा झाडीको रुपमा विकास भएको देखिन्छ । Food &
Agriculture Organization २०२५ ले जनाए अनुसार ३५ लाख मे.टन अनार फल
उत्पादन गरि पहिलो स्थान मा भारत १२ लाख मे ट सहित इरान दोश्रो तथा ११ लाख मे टन सहित चीन तेश्रो
स्थानमा रहेको छ । भारतको महाराष्ट्र प्रान्तमा यो तरिकावाट तालिम दिने प्रचलन छ । यो
तरिकावाट खेती गर्दा धेरै झाडी हुन गई विविध रोग/किराको बासस्थान हुन गई
बगैचालाई रोगी बनाउछ । यसले कुल उत्पादनमा तात्वीक अन्तर नदेखिएता पनि कृषकहरुको
धेरै फेद भए पछि निश्चय पनि उत्पादन धेरै हुन्छ भन्ने मनोविज्ञानको कारणले गर्दा
भारतमा प्रायः अनार खेती गरिने प्रदेशहरुमा बहु–फेद प्रणालीवाट अनारको तालिम दिने
प्रचलन देखिन्छ ।
कांटछांट (Pruning)-अनारलाई कांटछांटको
खासै आवश्यकता पर्दैन । तर सुकेको,
मरेका र
रोगी हांगाहरु भने हरेक साल हटाउदै जानु
पर्दछ । जसले गर्दा यसको अकार राम्रो बन्दै आउछ । अनारको फल पुरानो हांगावाट आएको
नयां हांगाको टुप्पामा छोंटो मुनामा मात्र
फल्छ । जस्मा ३ देखि ४ बर्ष सम्म
फल लाग्दछ । यस हांगाको उमेर बडदै गए पछि फल संख्या पनि कम र सानो हुदै जान्छ
। हरेक बर्ष हल्का रुपले हांगाहरु पातलो बनाउने र पुरानो हांगाहरुलाई छांटेर
वोटलाई नयां हागाहरुको विकास गराउन आवश्यक
हुन्छ । अनारको बृद्घि विकासलाई निरन्तरता दिन अनारको वोटलाई कांटछांट निम्न सिजन
अनुसार गरिन्छ ।
१. हिंउदे वा सुसुप्त अवस्थाको कांटछांट -हिंउदे वा सुसुप्त अवस्थाको कांटछांटमा एक अर्कामा खप्टीएका, रोगी वा रोग किरा ग्रसित हांगाहरु, धेरै अग्लो, लामो हांगाहरुलाई छोंटयाउने र उत्पादन बडाउदै लैजान हरेक बर्ष चारै तिर बराबर हुने गरी नयां हांगाहरु आउन प्रोत्साहन गर्न पुराना हांगाहरुलाई छांटेर नयां हांगाहरु थप्दै जाने जस्ता कार्यहरु गरिन्छ । फल्ने हांगाको लम्बाई बडी राख्नु हुदैन । छोटो तरेलीहरु भएको हांगाहरु बलिया हुन्छन भने लामा तरेली भएका हांगाहरु कम्जोर र निर्बल हुन्छन । त्यसैले लामा हांगाहरुलाई कांटछांट गर्दा छोट्याई व्यवस्थीत गर्न पर्दछ
२. बसन्ते वा बर्षे कांटछांट -यसमा विशेष गरेर हांगाको तल र माथी तिरवाट आउने र फेद वा जरावाट आउने सक्करहरुलाई सके सम्म छिप्पीई पातहरु हरियो हुन नदिई भरखर आएको रातो पात भएको अवस्थामा नै दिउशो घाम लागी सुख्खा भएको समयमा हातैले जोडिएको भाग समेत आउने गरेर लाछेर हटाउने काम गरिन्छ । यो प्रक्रिया यसरी नयां सक्करहरु आउन बन्द नभए सम्म गर्न सकिन्छ । मनसुन शुरु भई अन्त नभए सम्म अनारको वोटमा प्रशस्त मात्रमा सख्खरहरु आउने बानीले गर्दा वोटको स्वरुप नै विगार्ने भएकोले यसलाई भने जति खेर देखिन्छ वा आउछ तत्काल घाम लागेर सुख्खा भएको समय पारेर लाछेर हटाई हाल्नु पर्दछ । हांगाको दायां बायांवाट आएका नया पालुवालाई व्यवस्थीत गर्नु पर्दछ ।
कांटछांटले अनारको वोटमा
पार्ने प्रभाव
कुनै तरिका बमोजिम कांटछांट गर्नु भन्दा अगाडी
यसरी कांटछांट गर्दा यस्ले के असर वा प्रभाव पार्दछ भन्ने कुरा बुझेको हुनु पर्दछ
। कांटछांट र यसले पार्ने प्रभाव वारे जानकारी नभएमा कांटछांटका विभिन्न
सिद्घान्तहरु बुझन झन मुश्किल पर्दछ । कांटछांटले वोट विरुवाले निम्नानुसार प्रभाव
पार्दछ ।
१. वोट होचो बनाउछ-
वोटमा बार्षिक रुपमा आकासिएर बृद्घि भएका हांगाहरु
हटाउदै जाने र साईडको हांगाहरु प्रथमिक्ता दिंदै जांदा वोट होचो हुन्छ ।
२. कांटछांटले
वोटलाई बलियो कम्जोर लगायतका आवश्यक नभएका हांगाहरु हटाउदा त्यस स्थानमा
नयां बलिया हांगाहरुको प्रबलाता हुंदा
वोटको बृद्घि विकासमा तिब्रता आउने भएकोले वोट बलियो भएर आउछ ।
३. फलको गुणस्तरमा बृद्घि हन्छ
कांटछांटले नयां र बलिया हांगाहरु आउन प्रोत्साहन
गर्ने र धेरै कम्जोर हांगाहरु हटाउदा बांकी रहेका फलहरुले प्रशस्त खाद्य सामाग्री
पाउने, आवश्यक मात्रामा प्रकाश र हावाको संचार राम्रो हुने हुंदा फलको
गुणस्तर बृद्घि हुन्छ ।
४. कांटछांटले उत्पादन बढाउछ
कांटछांटले गर्दा प्रशस्त बलिया नयां हांगाहरु
आउने र ति हांगाहरुमा फल लाग्ने मुनाहरु पनि प्रशस्त आउने भएकाले तुलनात्मक रुपमा
उत्पादन बडाउछ ।
५. कांटछांटले हरेक बर्ष फलाउछ
कुनै कुनै अनारको जातहरु एक बर्ष फल्ने अर्को बर्ष
कम फल्ने हुन्छ भने कांटछांटे गर्दा नयां हागाहरु आई हरेक बर्ष फल्ने हुन्छ ।
कांटछांटको सिद्घान्त
अनारमा कांटछांट गरे पछि स्थापित हुने स्वरुपको
अझै पनि दृष्टान्तहरु छैन । कांटछांट गर्दा काटिने घाउले खाश किसिमको प्रतिक्रिया दिन्छ । यस किसिमवाट
कांटछांट गर्दा यस्तो नतिजा दिन्छ भनेर अगाडी नै निश्चीत गर्न सकिने भएकोले बगैचा
वा फार्म केन्द्रमा काम गर्ने प्राविधीकहरुको बलियो साधन बन्न पुगेको देखिन्छ ।
कांटछांट गर्दा कुनै खाश उद्देश्य वा लक्ष्य राखेर
मात्र शुरु गर्नु पर्दछ । त्यसैले कांटछांट शुरु गर्नु भन्दा अगाडी किन यो हांगा
काटिदै छ भन्ने कुरा भन्ने आफैैलाई प्रश्न गर्नु पर्दछ । यदी त्यसको उत्तरआफु संग
छैन भने त्यस हांगालाई नकाटनु नै उपयुक्त हुन्छ ।
अनारमा कांटछांट गर्दा निम्नानुसारको प्रारम्भीक
उदेश्य राखेर मात्र सुसुप्त अवस्थामा कांटछांटको कार्य प्रारम्भ गर्नु पर्दछ ।
१. मुना को प्रबन्ध (Bud Management)
२. हांगाहरु लम्ब्याउन (Extention of Branch)
३. नयां हांगाहरु बनाउन (Extention of Branch)
४. हांगाहरुको प्रधानता हटाउन (Arrangement of New Branch)
५. ठाडो हांगाहरु हटाउन (Removal of vertical
Branches)
६. हरेक हरेक बर्ष फल फल्ने बनाउन (Fruiting Behaviour)
बिगत २० बर्षमा यसको काटछाटमा के परिवर्तन भए?- पछिल्ला करिब २० वर्षमा अनार (Punica granatum) बोटको ट्रेनिङ र प्रुनिङ प्रणालीमा उल्लेखनीय
वैज्ञानिक तथा प्राविधिक सुधारहरू भएका छन्। परम्परागत रूपमा अनार खेती बहु-तना (multi-stem) प्रणालीमा आधारित थियो, जहाँ ३–५ वटा मुख्य तना राखेर बाँकी सुतली (suckers) हटाइन्थ्यो। तर पछिल्ला अनुसन्धानहरूले सिंगल-ट्रंक, मोडिफाइड लिडर र ओपन-सेन्टर प्रणालीबीच तुलनात्मक
अध्ययन गरी प्रकाश प्रवेश, क्यानोपी सन्तुलन र फल गुणस्तरमा प्रभाव
मूल्याङ्कन गरेका छन्। ICAR तथा University of California Agriculture and Natural Resources का प्राविधिक प्रकाशनहरू अनुसार
वैज्ञानिक ढंगले संरचना बनाउँदा भित्रसम्म घाम प्रवेश हुने, हावाको आवागमन सुधार हुने र रोगको प्रकोप घट्ने
देखिएको छ।
छँटाई
(pruning) सम्बन्धी अनुसन्धानमा विशेषगरी pruning intensity (हल्का, मध्यम र कडा
छँटाई) को प्रभावमा गहिरो अध्ययन गरिएको छ। विभिन्न परीक्षणहरूले देखाएका छन् कि
२०–६० सेमीसम्म साइड शाखा छोट्याउँदा फलको आकार, तौल र TSS (Total Soluble Solids) मा सकारात्मक प्रभाव परेको देखियो, तर अत्यधिक pruning
गर्दा फल संख्या घट्न पनि सक्छ।
Journal of Agriculture and
Rural Development लगायतका
जर्नलहरूमा प्रकाशित अध्ययनहरूले २–३ वर्ष पुरानो काठमा बढी फल लाग्ने भएकाले
सन्तुलित pruning आवश्यक रहेको उल्लेख गरेका छन्। यसले
उत्पादनको निरन्तरता कायम राख्न मद्दत गर्दछ।
पछिल्ला
वर्षहरूमा मेकानाइजेसनतर्फ पनि महत्वपूर्ण प्रगति भएको छ। चीनमा विकसित PLC (Programmable Logic Controller) आधारित sprout-removal मेसिनले
अनारका तल्लो भागमा उम्रने अनावश्यक सुतलीहरू स्वचालित रूपमा पहिचान गरी काट्न
सक्छ। Scientific Reports मा प्रकाशित 2024 को अध्ययन
अनुसार यस प्रविधिले श्रम लागत घटाउने र छँटाईलाई सटीक तथा छिटो बनाउने सम्भावना
देखाएको छ।
त्यसैगरी, रोबोटिक pruning प्रणाली पनि अनुसन्धान चरणमा अगाडि बढेको छ।
2D/3D क्यामेरा, कम्प्युटर भिजन र
रोबोटिक आर्म प्रयोग गरी आवश्यक शाखा पहिचान गरी काट्ने प्रणाली विकास गरिएको छ, जसको परीक्षण सफलता दर ९०% भन्दा बढी देखाइएको छ। यस्ता अध्ययनहरू arXiv जस्ता अनुसन्धान प्लेटफर्महरूमा प्रकाशित भएका छन्।
यसले भविष्यमा ठूलो क्षेत्रफलका अनार बगैंचामा श्रम बचत र सटीक pruning सम्भव बनाउने संकेत गर्दछ।
यस
अतिरिक्त, AI-आधारित फल र फूल पहिचान प्रणालीहरू (जस्तै YOLO आधारित मोडेल) प्रयोग गरी क्यानोपी घनत्व र फल
अवस्थाको विश्लेषण गर्ने अभ्यास बढ्दो छ। Scientific Reports मा
प्रकाशित हालका अनुसन्धानहरूले यस्ता प्रणालीहरूले pruning को उपयुक्त
समय निर्धारण गर्न मद्दत पुर्याउने देखाएका छन्। यसरी डेटा-आधारित निर्णय
प्रणालीले पारम्परिक अनुभवमा आधारित व्यवस्थापनलाई वैज्ञानिक आधार प्रदान गरेको छ।
समग्रमा, पछिल्लो दुई दशकमा अनारको ट्रेनिङ र प्रुनिङ प्रणाली परम्परागत
हस्तचालित अभ्यासबाट प्रिसिजन-आधारित, मेकानिकल तथा AI-सहयोगी प्रणालीतर्फ रूपान्तरण हुँदै गएको छ। अनुसन्धान र प्रविधिको
संयोजनले भविष्यमा अनार बगैंचा व्यवस्थापनलाई अझै वैज्ञानिक, श्रम-कुशल र उच्च उत्पादनमुखी बनाउने स्पष्ट संकेत देखिएको छ।

