Manures and Fertilizers uptake system: Physiological tips in crop production (बिरुवाले मलखाद लिने प्रणाली: बाली उत्पादनमा संरचनागत तथ्यहरु)
Manures and Fertilizers uptake system: Physiological tips in crop production-
मलखाद बिरुवाको बृद्धि एवं विकासका लागि नभै नहुने तत्वह हुन् । अधिकांश यी पदार्थहरु जैविक पदार्थहरु हुने र जैविक विघटनबाटै माटोमा बिरुवालाइ उपलब्ध हुने गर्छन् । तर केहि मलहरु रसायनिक बिघटनबाट फ्याक्ट्रिमा निर्माण गरिन्छ । तिनलाइ माटोमा उपलब्ध शुक्ष्म जिवाणुहरुले बिरुवालाइ उपलब्ध हुनसक्ने अवस्थामा ल्याइदिन्छन् र बिरुवाले आफ्नो शारीरिक बृद्धिमा उपयोग गर्छन् ।
माटो सबैको आश्रयस्थल हो र सबै जीव एवं बनस्पतिहरु यहि माटोमै हुर्किन्छन् । गिट्टी एवं ढुंगा पिसेर माटो बन्दैन । यो लामो र निरन्तर प्रकृया हो जुन रासायनिक प्रतिकृयाबाट बन्ने गर्छ । १ इन्च माटो निर्माण हुन करिव ३०० बर्ष लाग्छ भने लाखौ हेक्टरको माटो क्षणभरमै भूक्षय भइ बगेर जान्छ । यसबाट नै माटो जोगाउनु कति महत्वपूर्ण रहन्छ भन्ने कुरा थाह लाग्छ । हरेक बनस्पतिको आश्रयस्थल बृद्धि र मानव पेट पालनकर्ता यो माट जोगाउनु हाम्रो कर्तव्य हुन आउछ ।
माटो जीवित हुनका लागि माटोमा जीवन हुन जरुरी छ । केवल रसायनहरुको एकोहोरो प्रयोगले माटो बन्जर बन्न जान्छ र उत्पादन कालान्तरमा शुन्य हुन्छ । माटोमा शुक्ष्म जिबाणु हराउदै गएमा माटो बन्जर बन्न थाल्छ । माटो जैविक बन्नका लागि माटोमा जैविक पदार्थहरु हुन जरुरी हुन्छ । ती जैविक पदार्थका श्रोतहरु केवल गोठेमल कम्पोष्टमल गड्यौली मल ढैचा एजोला कोशेबालीमा हुने राइजोवियम आदि हुन् । देश नै विप्रेषणको मारमा थिचिएको नेपाली समाजमा युवालाइ देशभित्र काम गर्न गाह्रो भएको मात्र नभै काम गर्नुपर्छ भन्ने प्राविधिक शिक्षाको गतिलो संस्कारको विकास नहुनु हाम्रा लागि नौलो होइन । भएका प्राविधिकहरु पनि टेवलका काम र कम्प्युटरमा रमाउने र फिल्डमा सिक्न र घाम पानी हिउ संग रमाउन सक्ने प्रकृतिसंगको न्यानो अनुभव संगाल्ने संस्कार पनि छैन जसको मूल कमजोरी मैले हाम्रै शिक्षा नीति र पठन पाठन पद्दति र बिद्यार्थिको प्रारम्भिक संस्कृतिलाइ दिन्छु ।
बिगतमा नेपाली समाजमा पशुपालन एवं एकिकृत बाली प्रणाली कायम थिए । मानव जिव्रो पनि विविध स्वाद चाख्न पाउथे । पशुमल मुत्रलाइ केहिमात्रामा भएपनि व्यवस्थित गरिन्थे । लाहुरबाट छुट्टिमा फर्केका युवाहरु भकारोमा थुप्रिएको मललाइ चलाइ सम्याई गलाउन सहयोग गर्थे । किसानले रासायनिक मल खासै जानेका थिएनन् । बारीमा मकैका ४ वटा बोटमा नानीलाइ मुज्यात्रोमा डांडी बनाएर सुताइ कोदो रोप्थे । यी सबै विगतका संझनाका तरेली मात्र बने । माटो त्यो बेलाको बास्तवमै जीवित थियो। कार्वनको मात्रा यति धेरै थियो कि बारीको उपज जे पनि स्वादिष्ट हुन्थे । बिखटित मलले माटोको भौतिक र रासायनिक दुबै गुणलाइ सुधार गरेको थियो र भनेजस्तो उत्पादन देख्न पाइन्थ्यो । कोशेबाली मिश्रित मकै प्रणालीले माटोमा नाइट्रोजनको मात्रा थप्ने गर्थ्यो र थोरै पशुवस्तु भएकाले पनि केहि हदसम्म भएपनि मकैबाली स्यार्न पाएका थिए । तर ऐलेको अवस्था भयावह नै छ । एक तथ्यांकले १३० हजार हेक्टर जमिन नै बांझो अवस्थामा रहेको र यो क्रम बढ्दो रुपमा बिकराल बन्दै गएको अनि बांदर र स्याल नीलगाइ जस्ता जंगली जनावरको विगविगी गाउमा बढेर केहि पनि बालि स्यार्न नपाइने अवस्था श्रृजना भएको छ । कारण हो युवा नै देशमा छैन । राजनीतिज्ञहरु बांदरको मासु चीन निकासा गर्ने नीति बनाउनुपर्छ भन्छन् न कि युवालाइ कसरी देश भित्रै रोजगारी दिइ पलायन रोक्ने त्यो सोच्देनन् । यदि सबैका बारीमा बाली लगाएर ढाक्ने हो भने बांदरको समस्या आफै निराकरण हुदै जान्छ किन कि उ पनि जीव हो । खाना नै नपाएपछि गाउमा त पस्नै पर्यो र सबैका बारिमा बाली भए यो समस्या कालान्तरमा समाधान हुदै जान्छ । बिगतमा पनि आक्कल झुक्कल बांदर त धपाएकै हो ।
अब माटो र बिरुवाको मल अवशोषण प्रकृया बारे कुरा गरौ । बिरुवामा मल हालेपछि हावामा रहेको पानीलाइ लिइकन त्यो मल घुल्न थाल्छ । हामीलाइ थाह छ बिरुवामा पनि पानी हुन्छ किन कि पानी विना यो संसारमा कोहि बाच्न सक्दैन । जब बिरुवामा भएको पानीको सघनता मल घुलेर जम्मा भएको माटोभित्रको पानी भन्दा बढि हुन्छ तब बिरुवाका जराले अवशोषण गरि काठ (xylem) मार्फत बिरुवाको पातसम्म पुर्याउछन् । पातमा खाना बन्छ ग्लुकोजको रुपमा । त्यसैले हाम्रा पूर्वजहरुले मकैमा मल त्यतिबेला हाल्थे जब आकाशमा पानी पर्ने सुनिश्चितता हुन्थ्यो वा पानी परेपछि मात्र मकैको गोडमेलका काम गर्थे । यदि मल दिएपछि बोटलाइ पानी दिइएन भने बिरुवा भित्रको पानी उल्टो दिशामा जमिन तर्फ बहन्छ र बोट ओइलाएर मर्छ ।
तापक्रम चाहिने भन्दा बढि भएमा त्यो ग्लुकोज श्वास प्रश्वासमा खर्च हुन्छ र यदि अनुकूल तापक्रम भएमा नियमित श्वासप्रश्वास चल्छ र केहि संकलन हुन पुग्छ । जुन हामी पछाडि भोजनका रुपमा प्रयोग गर्छौ । यसमा प्रकाशको दिनको लम्बाइले पनि असर गर्छ । किनकि कतिपय बोटको खानेभाग बीउ हुन्छ । त्यो बीउ बन्न फूल फूल्ने कृयाका लागि प्रकाशको लम्बाइले असर गर्छ । जस्तो धान फूल्न छोटा दिन चाहिन्छ भने मकैका लागि तापक्रम मात्र अनुकूल भए पुग्छ । गोलभेडा पनि यदि तापक्रम अनुकूल २२-२७ डिग्रि सेन्टिग्रेड भए फूल्ने फल्ने गर्छन् प्रकाशको लम्बाइले यसको फूल्ने पद्दतिलाइ बाधा पार्दैन ।
एक प्राविधिकले पानी किन र कति दिने भनेर जान्नै पर्छ । ऐलेको संसारमा जलवायु परिवर्तनका असरहरु यत्रतत्र देखिन थालेको छ । पानीको किफायति प्रयोग बिना आजको बढ्दो संसारलाइ पाल्न सकिदैन । करिब ९ मिलियन मानिसका लागि पोषणयुक्त खाना पनि दिनु छ माटो पनि जोगाउनु छ र संरचनाहरु पनि निर्माण गर्नु छ । यो भविष्यका वैज्ञानिकका लागि त झन ठूलो चुनौति हो । बिरुवालाइ प्रदान गरिने पानीको बिरुवा आफूले आफ्नो शारीरिक बृद्दि विकासमा त केवल १% मात्र उपभोग गर्छ अरु सारा पानी या त बगेर जान्छ या घामले उडाएर लैजान्छ । इजरायल एक मरुभूमीयुक्त देश हो त्यहां एक पल्ट पानी चुहिएको स्थानमा बिरुवा राम्रोसंग हुर्केको देखेपछि मानिसमा थोपा सिंचाइको धारणाको विकास भयो ।
बिरुवामा Transpiration Respiration Photosynthesis र Evaporation महत्वपूर्ण जैविक कृयाकलाप निरन्तर भैरहन्छन् । यी कृयाकलापमा तापक्रम र सापेक्षित आद्रताको महत्वपूर्ण भूमिका रहन्छ । यदि तापक्रम बढेमा आद्रता पनि क्रमश घट्छ र Evaporation बढ्छ । Transpiration भनेको बिरुवाबाट पानी नष्ट हुने प्रकृया हो भने Evaporation मा जमिनबाट पानी उडेर जाने कृया हो । यी दुबैको संयुक्त असर Photosynthate मा पर्न जान्छ । बिरुवाले बनाएको Reserve हुन नसकि शक्तिको खर्च हुनु भन्नु नै कम फल्नु हो । यसमा पनि मलखादको सहि सदुपयोगका लागि झारपात रहित हुनु र जराले राम्रोसंग काम गर्न सक्ने अवस्थाको सृजनाका लागि गोडमेल सहि समयमा हुन सक्नु पनि हो । जरा आफैमा ज्यादै सकृय बन्नका लागि हावाको संचार हुन जरुरी छ जुन गोडमेल पछि मात्र हुन्छ । Pull & Push को प्रणाली जबसम्म बोटमा चल्दैन बिरुवा स्वस्थ रहन सक्दैन । Pull factor मा वातावरणिय प्रभावहरु तापक्रम बिरुवाको अवस्था सूर्यको लम्बाइ घाम लागे नलागैको आदि पर्छन भने push factor मा मलखाद को प्रयोग र जराको स्वस्थपना र माटोको जैविक र रासायनिक अवस्थाहरु पर्छन् ।
