The science behind the uptake of Akabare chili ? खुर्सानी मा अकबरे नै किन?

अकबरे खुर्सानी- यो बाली नेपालको पुर्वी पहाडको प्रमुख नगदेबाली भैकन नेपालभर लोकप्रिय हुदै गएको छ । यसको उपयोग तरकारीमा स्वाद बढाउनऽ अचार बनाउनका लागि गरिन्छ । अकबरेको बोट उपयुक्त आकारको अकबरे फल प्रमुख शहरहरुमा यसको सरदर कारोबार २०० देखि ५०० रुपैया /के जी सम्म हुने गरेको छ । हालसम्म डल्लो लाम्चो चिल्लो फुस्रो सानो ठूलो बिभिन्न प्रकारका अकबरे पाइने गर्छन् ।

हालसम्म अकबरेको शिफारिस जात नभएकोले यो स्थानीय जातको रुपमा रहेको छ । व्यवसायिक रुपमा बिकास गर्न सके आर्थिक उन्नति गर्न सकिने प्रवल संभावना रहेको छ । उपयोगिता तथा महत्व यसको उपयोग-खानाको रुची बढाउने,मसलाको रुपमा प्रयोग,अचार,केचप रुपमा प्रयोग हुदै आएको छ ।औषधीय गुणका रुपमा- रक्तचाप घटाउने,क्यान्सरको उपचारमा,ग्यास्ट्रिक र अल्सरमा,मोटोपना घटाउन,रगतमा चिनीको मात्रा घटाउन,परिकारमा किटाणुको संक्रमण हटाउन यसको प्रयोग हुने गर्दछ । एक शुद्ध अकबरेको पिरोपना ज्यादै तिक्ष्ण र छोटो समयको लागि रहने ... आशु नै निकाल्ने हुन्छ र प्राय बीउको संख्या पनि कम हुन्छ । यसको बीउको शुद्धता कायम गर्नका लागि फूललाइ कोपिला अवस्थामा कपासले छोपिदिने गरिन्छ ता कि खुर्सानी जन्य बालीको पराग फूलमा पर्न नपाओस् । तरकारीबाली विकास केन्द्रमा रहेको अकबरेको फलको आकार अन्डाकार ३ च्याम्बर भएको र ८-१२ दाना बीउ भएको र छोटो समयका लागि तिखो पिरो भएको जात संरक्षणमा रहेको छ । यो खुर्सानी सर्पदंशका बिरामीलाइ बिष लागेको बाट पा। पाउने परिक्षण तथा क्यान्सर (आन्द्राको अल्सर ) लागि वैद्यहरु प्रयोग गर्ने गरेको र अरबी देशमा यसको विशेष माग भएको पाइन्छ ।  

वानस्पतिक बिवरण - यो Solanaceae परिवार Capsicum chinense वर्गमा पर्दछ । यो स्वयंसेचित बाली –माहुरी तथा भवराबाट परागसेचन राम्रो हुन्छ । बोट २ मिटरसम्म अग्लो हुने गर्दछ । प्राय १ बर्षे बाली तर मध्य र उच्च पहाडमा बहुबर्षे बालीको रुपमा लिन सकिन्छ तर उत्पादन भने कम हुन्छ । 

 हावापानी - गर्मी, न्यानो तथा आद्र हावापानीमा खेती गरिने बाली हो । तुषारो नपर्ने क्षेत्र न्यूनतम तापक्रम १० भन्दा तल नजानेमा स्थानमा हिउदेबालीको रुपमा लगाउन सकिने बाली हो । १८ देखि ३२ डि से यसको लागि उत्तम हुन्छ । ३५ डि से भन्दा माथी फल नलाग्ने समस्या देखिन्छ । यो बालीले तुषारो र धेरै चिसो सहदैन । दिनको २२-२५ तथा रातको १५-२० डि से मा सबैभन्दा उत्तम उत्पादन दिने गर्दछ । 

लगाउने समय तालिका -क्र.सं. क्षेत्र बीउ राख्ने बेर्ना सार्ने बाली लिने १ उच्च पहाड फागुन-चैत्र चैत्र-बैशाख असार-भदौ २ मध्य पहाड मौसमी कार्तिक –फागुन फागुन-चैत्र जेठ-असार ३ मध्य पहाड बेमौसमी असार-साउन साउन-भदौ असोज-कार्तिक

 नर्सरी व्यवस्थापन- नर्सरीका लागि गुणस्तरिय बीउ छनौट गर्नु पर्छ । जमिनको छनौट गर्दा पानी नजम्ने पारिलो जग्गा छनौट गर्नुपर्दछ । जमिन ३-४ पटक जोत्ने /बुर्बुराउदो पार्नुपर्दछ । माटोमा बुर्बुराउदो कम्पोष्ट १ भाग,बालुवा १ भाग (If clay soil), मिलाउनु पर्छ । नर्सरीका लागि १ मी चौडाइ र आवश्यक लम्वाइको नर्सरी बनाउन सकिन्छ । १ रोपनीका लागि १० बर्ग मीटरको नर्सरी चाहिन्छ । १ रोपनीका लागि १०-१५ ग्राम बीउ आवश्यक पर्छ । १ ग्राम बीउमा १५०-२०० बीया हुन्छन् । १ रोपनीका लागि १०००-१५०० बेर्ना आवश्यक पर्दछ । बीउ छर्ने चौडाइ पट्टीबाट १० से मी को फरकमा लाइन कोरि २ से मि गहिरो कुलेसो बनाइ १-१ दाना माझी औला,चोर औलार बुढी औलाको सहाराले बीउ खसाल्नु पर्दछ । बीउ रोपेपछि खरानी वा धुलोमाटो वा बालुवाले पुर्नुपर्छ र पराल वा छ्वाली वा जुटको बोराले छोप्नु पर्दछ । हल्का सिंचाइ गर्ने /धेरै चिसो भएमा बिउ कुहिन सक्छ । बीउ उम्रिसकेपछि पनि पानी बढिभएमा बोट ओईलाउने रोग लाग्ने हुदा तुरुन्त बिषादिको प्रयोग गर्नु पर्दछ । झारको प्रकोप नर्सरीमा बढि हुने हुदा समय २ मा झार हटाउनु पर्छ । बीउ करिव १ महिना सम्म सुशुप्त अवस्थामा जान्छ । करिब २.५ देखि ३ महिना पछि बेर्ना रोप्न लायक हुन्छन् । मलखाद तथा लगाउने दुरी -माटोमा अवस्थित पोषकतत्वले मल कति राख्ने कुराको निर्धारण गर्दछ । पाकेको गोबर १५००-२००० केजी /रोपनी तथा युरिया ८ के जी/ रोपनी डीए पि १६ के जी / रोपनी पोटास १० के जी /रोपनी कृषि चुन १० के जी /रोपनी शुक्ष्मतत्व २ के जी/रोपनी प्रतिबोट ५ केजि कम्पोष्ट र रासायनिक मललाइ टुक्रा गरि दिनु पर्दछ ।साथमा शुक्ष्मतत्वहरु र अन्य मलहरु हाडकोधूलो, पिना,बायोजाइम,बोरेक्स जिंक सल्फेट १/१ केजी /रोपनीका दरले प्रयोग गर्ने गर्नु पर्छ । यसको लागि लाईन X लाइन दुरी १०० से मी तथा बोटदेखि बोटको दुरी X बोटको दुरी ५० से मी कायम राख्नु पर्छ । खाडलको गहिराइ २५-३० से मी भएमा राम्रो हुन्छ । बोट लगाउदा सूर्यको प्रकाश नछेकिने गरि लगाउनु पर्छ । माथिको दुरीमा बोट लगाउदा १ रोपनीमा १००० बोट रोप्न सकिन्छ । 

 अन्य ब्यवस्थापकीय पक्षहरु थाक्रादिने- अकबरेमा थाक्रा बांस वा अन्य झेक्राबाट दिन सकिन्छ । थाक्रा करिब १-१.५ मीटर सम्मको भए राम्रो हुन्छ । थाक्रा दिंदा मोटो हांगा फाटिएको स्थानमा जुटको रसीले सुर्के गांठो पार्ने १ रोपनीका लागि करिब ३-४ केजी रसी लाग्नछ । सिंचाइ -माटोको आवश्यकतानुसार सिंचाइ दिनु पर्छ । पानीको बढि आवश्यकता परेपनि थोरै पानी भए पनि यो बालीलाई पुग्नदछ । माटोमा बढि चिस्यान भएमा बोट तथा फल कुहिने रोग लाग्ने हुदा निकासको राम्रो प्रवन्ध मिलाउनु पर्छ । 

खुटीबाली- एक पटक फलहरुको अन्तिम उत्पादन फलेर टिपिसकेपछि पनि यसको बोटलाइ नयां जीवन दिन सकिन्छ । त्यसकालागि बोटमा भएका मसिना हांगा बिंगाहरु र रोगकिरा ग्रस्त भागलाइ सिकेचरले काटि मलहरु युरिया डिएपि पोटासको संमिश्रणलाई करिब ५ ग्राम जति माटोमा मिलाइ पानी दिन सकेमा बेमौसममा नै फूल फल लागि अकबरे फल्न थाल्छ । खासगरी जाडो समय सकिएपछि यो प्रकृया अपानाउन सकिन्छ । 

रोग तथा कीराहरु- रोग किराले खुर्सानीमा ९० प्रतिशत सम्म क्षति गर्छन् । रोगहरुमा बेर्ना कुहिने, कोत्रे रोग डढुवा रोग आदि लाग्दछन् भने किराहरुमा लाहि,थ्रिप्स आदिले दुख दिने गर्दछन् । रोग किरा ब्यवस्थापन गर्न आइ पि यम प्रविधि अपनाउनु राम्रो हुन्छ । बिषादि प्रयोग गर्नु आवश्यक परेमा हरियो ट्याग भएको बिषादि प्रयोग गर्नु बुद्धिमानी हुन्छ । जस्तै निम तेल एवं थ्रिप्सका लागि एलार १ एम एल/३ लिटर पानीमा प्रयोग गर्न सकिन्छ तर पर्खने अवधीको पालना अनिवार्य रहन्छ ।

 उत्पादन- फल टिप्न शुरु गरेपछि ३-४ महिना सम्म टिप्न सकिन्छ । अकबरेको उत्पादन प्रति रोपनी २०० देखि ५०० केजी सम्म उत्पादन लिन सकिन्छ ।

इस ब्लॉग से लोकप्रिय पोस्ट

कौशी खेती प्रविधि किन र कसरी ( How and Why Kaushi Kheti in Cities?)

तरकारी उत्पादनमा विज्ञानले के भन्छ? (What a science say growing vegetable?)

कलमीभित्र छिपेको रहश्य (Science of Grafting of two pieces of the tissues)