(Why to follow IPNS in Nepal?) एकिकृत माटो ब्यवस्थापन तथा वाली प्रणाली नै किन?

 

एकिकृत माटो ब्यवस्थापन तथा वाली प्रणाली- संक्षेपमा दीर्घकालिन रुपमा माटोको भौतिक तथा रासायनिक अवस्थामा सुधार ल्याउदै बालीको उत्पादन / उत्पादकत्व बढाउनका लागि आवश्यक पर्ने सबै अवयबहरुको प्रयोग पद्दति नै IPNS हो । 


नेपाल कृषि प्रधान देश भएकाले माटोको उर्वराशक्ति, पोषक तत्वको सन्तुलन र कार्बनको अवस्था कृषि उत्पादनसँग प्रत्यक्ष रूपमा जोडिएको छ। वैज्ञानिक रूपमा माटो वर्गीकरणका लागि USDA को Soil Taxonomy प्रणाली व्यापक रूपमा प्रयोग हुन्छ। यस अनुसार नेपालका अधिकांश माटोहरू Inceptisols, Entisols, Alfisols र पहाडी–हिमाली क्षेत्रमा Mollisols समूहमा पर्दछन्। तराई क्षेत्रमा प्रायः Inceptisols Entisols, मध्यपहाडमा Inceptisols तथा Alfisols, र उच्च हिमाली क्षेत्रमा Mollisols तथा Entisols पाइन्छन्। यी माटोहरू भौगोलिक विविधता, भूसंरचना, वर्षा र तापक्रमका कारण अत्यन्त विषम प्रकृतिका छन्।तर समग्रमा नेपालको माटोको class लाइ एक शब्दमा भन्नु परेमा Inceptisols मानिएको छ ।

नेपालमा माटोको पोषक तत्व (NPK) को अवस्था हेर्दा, नाइट्रोजन (N) प्रायः कमदेखि मध्यम स्तरमा पाइन्छ। धेरैजसो खेतीयोग्य जमिनमा जैविक पदार्थ (organic matter) कम हुँदै जाँदा नाइट्रोजनको उपलब्धता पनि घटिरहेको छ। फस्फोरस (P) को अवस्था क्षेत्र अनुसार फरक–फरक भए पनि सामान्यतया कमदेखि मध्यम , तर कतिपय स्थानमा रासायनिक मलको असन्तुलित प्रयोगका कारण सतह माटोमा P बढी संचित भएको पनि देखिन्छ। पोटास (K) धेरैजसो माटोमा मध्यमदेखि पर्याप्त अवस्थामा पाइन्छ, तर तीव्र दोहन र बाली अवशेष नफर्काउँदा दीर्घकालीन रूपमा घट्ने जोखिम छ।फेरि नेपालमा पोटासको प्रयोग दर पनि अति नै कम छ ।विगत १० को तथ्यांकले ६७% माटो अम्लिय ८% तटस्थ र २५% क्षारिय माटो रहेको बताएको छ ।

सूक्ष्म पोषक तत्व (Micronutrients) तर्फ हेर्दा जिंक (Zn) को कमी धेरै जिल्लामा देखिएको छ, विशेष गरी तराई क्षेत्रमा। बोरन (B) को कमी पनि पहाडी तथा तराई दुवै क्षेत्रमा समस्या बनेको छ। फलाम (Fe), म्यांगानिज (Mn) र कपर (Cu) सामान्यतया पर्याप्त भए पनि उच्च pH भएको माटोमा उपलब्धता घट्न सक्छ। यी तथ्यांकहरू Nepal Agricultural Research Council (NARC) तथा Department of Agriculture का माटो परीक्षण प्रतिवेदनहरूमा उल्लेख गरिएका छन्।

नेपालमा माटोको जैविक कार्बन (Soil Organic Carbon) को अवस्था पनि चिन्ताजनक छ। धेरैजसो खेतीयोग्य जमिनमा कार्बन १% भन्दा कम पाइएको छ, जुन दीर्घकालीन उर्वराशक्ति र माटो संरचना दुवैका लागि हानिकारक हो। मध्यपहाडी क्षेत्रमा १–२% सम्म कार्बन पाइए पनि तीव्र खेती प्रणाली, अव्यवस्थित जोताइ, र गोठालो प्रणालीमा परिवर्तनका कारण कार्बन घट्दो क्रममा छ। कार्बनको कमीले माटोको पानी धारण क्षमता, सूक्ष्मजीव क्रियाशीलता, र पोषक तत्वको चक्रण प्रक्रियामा नकारात्मक असर पार्छ।

यस्तो अवस्थामा IPNS (Integrated Plant Nutrient System) अर्थात् समेकित बाली पोषण व्यवस्थापन प्रणाली अत्यन्त आवश्यक हुन्छ। IPNS भनेको रासायनिक मल, जैविक मल (गोबर, कम्पोष्ट, हरियो मल), बाली अवशेष, जैविक सूक्ष्मजीव (biofertilizer) आदिको सन्तुलित तथा एकीकृत प्रयोग हो। यसको मुख्य उद्देश्य माटोको दीर्घकालीन उर्वराशक्ति जोगाउनु, उत्पादन बढाउनु, र वातावरणीय दुष्प्रभाव कम गर्नु हो। केवल रासायनिक मलमा निर्भर हुँदा माटोको कार्बन घट्ने, सूक्ष्म पोषक तत्व असन्तुलित हुने, र उत्पादन दिगोपनामा समस्या आउने देखिएको छ। IPNS ले माटोमा कार्बन वृद्धि, सूक्ष्मजीव सक्रियता सुधार, NPK को सन्तुलन कायम राख्न मद्दत गर्दछ।नेपालको तराइमा पशुपालनको कमि र एकल खेती प्रणाली तथा पराल जलाउने प्रचलनले कार्बनको मात्रा घटेको छ भने पशुमलमूत्रको कमि देशैभर भएको तथा बढि मात्रामा रासायनिक मलको उपयोगले हाम्रो माटो दिनानुदिन बिग्रनु स्वभाविक नै मान्नुपर्छ । माटो के कारणले बिग्रन्छ त.....

 माटो विग्रिएको पहिचान-

 

             माटो साह्रो हुँदै जानु (खनजोत गर्दा गाह्रो महसुस हुनु) ।

             माटो बलौटे हुँदै जानु (वगरको जस्तो माटो देखिनु) ।

             पानी जमीरहनु वा पानी नअडिनु ।

             उत्पादन घट्दै जानु (राम्रो मल जल, वीउ प्रयोग र स्याहार गर्दा पनि) ।

             माटोको रंग बदलिनु ।

             माटो जाँच गर्दा अम्लिय वा क्षरिय देखिनु ।

             धेरै विग्रिए उत्पादन हुन पनि हाड्नु ।

 

माटो विग्रने कारणहरु-

             सन्तुलित मलखादको प्रयोग नगरिनु ।

             प्रागारिक पदार्थको प्रयोग घटदै जानु ।

             प्रयोग गरिने गोटेमल वा कम्पोष्ट मल गुणस्तयुक्त नहुनु ।

             सिंचाई र निकासको उचित ब्यवस्था नहुनु ।

             ब्यवसायिक खेती वढदै जानु र उपयुक्त वाली चक्र नअपनाउनु ।

             बाढी, पहिरो र भू–क्षयको उचित ब्यवस्था हुन नसक्नु ।

             माटा ब्यवस्थापनका उपायहरु र उपयुक्त वाली प्रणलीहरु  

 कुनै एउटा उपायबाट मात्र माटोको ब्यवस्थापन गर्न सकिदैन र यसको लागि धेरै कुराहरुमा विचार पुर्याउनु पर्ने हुन्छ , जसलाई एकिकृत ब्यवस्थापन भनिन्छ ।

              एक किसीमको (युरिया वा डि.ए.पी.) मात्रै रासायनिक मल प्रयोग नगर्ने ।

             माटोको मलिलोपना र लगाइने वालीको आवश्यक्तानुसार संतुलित मलखाद प्रयोगमा ध्यान दिने ।

             बजारमा उपलब्ध रासायनिक मलको गुणस्तर बारे शंका भए घरेलु तरीका बाट जांच गर्ने वा माटो

      प्रयोगशालामा जांच गर्न नमूना पठाउने ।

             प्रांगारिक÷घरेलु मल र पदार्थ को प्रयोगमा बढी जोड दिने । (कमी छ भने आलो–पालो मिलाई सवै

      जग्गामा पुर्याउने ) ,

             गुणस्तरयुक्त गोठे/कम्पोष्ट मल बनाउन ई.एम (सक्रिय शुक्ष्म जीवाणुहरु युक्त झोल वा गड्यौलाको प्रयोग गर्ने ।

   प्रांगरिक पदार्थ बढाउन हरियो मलको प्रयोग र कृषि बान प्रणालीमा ध्यान दिनुका साथै वाली

 विरुवाका ठुटाठुटी माटोमै जोती मिलाउने ।

       कोसेवाली भित्र्याउँदा जरा नखुल्ने ।

             सिंचाई र निकासको उचित प्रबन्ध मिलाउने ।

             बाढी, पहिरो र भू–क्षय रोकथामका संभव उपायहरु गर्ने ।

   कम्तिमा हरेक ३ वर्षमा १ पटक माटो जांच गराउने तथा माटो जाँचको आधारमा सिफारिस गने

 अनुसार अम्लिय माटोको लागि चिप्समा प्रयोग गरी माटो सुधार गर्ने ।

   निम्न अनुसारको उपयुक्त वाली प्रणाली एवं वाली चक्र अबलम्बन गर्ने ।

 

 

    खेत                                               पाखो (वारी)

 

(क) सिंचीत                                             (क) सिंचीत

 

१. बर्षे धान–तोरी ‌+आलु–चैते धान               १. धान–तोरी -आलु–बसन्ते मकै

२. धान– गहु–मुंग+ढैचा                    २. धान – आलु-हिउँदे तरकारी–बसन्ते तरकारी

                                                                                             ३. धान+मास र भटमास – गहु

                                                                                          ४. परवरल – केराउ /राजमा – परवल

 

(ख) अंसिचीत –                                    (ख) अंसिचीत –

 

१.वर्षे धान–तोरी + केराउ                            १ वर्षे मकै–तोरी+केराउ

२. वर्षे धान –तोरी+मसुरो                            २. वर्षे मकै–तोरी+मसुरो

३. वर्षे धान– मसुरो‌+केराउ                           ३. वर्षे मकै –मसुरो+केराउ

४. वर्षे धान +मास/भटमास–तोरी/सरस्यू/रायो        ४. वर्षे मकै–भदौरे रहर

 

इस ब्लॉग से लोकप्रिय पोस्ट

कौशी खेती प्रविधि किन र कसरी ( How and Why Kaushi Kheti in Cities?)

तरकारी उत्पादनमा विज्ञानले के भन्छ? (What a science say growing vegetable?)

कलमीभित्र छिपेको रहश्य (Science of Grafting of two pieces of the tissues)