Moon discourse चन्द्र विवेचना



 चन्द्र विवेचना (Moon Discourse)

चन्द्रमा solar system मा पृथ्वीको उपग्रह मानव मनको मानक आमाको संज्ञक र ग्रहमा पानीको कारक एक मन मष्तिष्कको ग्रहको रुपमा चिनिन्छ । चन्द्र हरेक सवा २ दिनमा १ राशीबाट अर्को राशीमा सर्ने हुंदा यसको मानव जीवनमा अति नै प्रभावकारी रहने गर्छ । Lagna may be Mesh of Pm Balen....


चन्द्रमा आफैमा पूर्णत: ग्रहको रुपमा मानिएको र २७ नक्षत्रहरुमा ९ वटा अक्षरबाट एक राशीको निर्माण हुन्छ । जुन राशीमा जातकको जन्म हुन्छ त्यहि नै जातकको चन्द्रमा स्थित हुन्छ । चन्द्रमा बृष राशीको ३ अंशसम्म सर्वाधिक बलि हुन्छ भने बृश्चिक राशीमा नीच हुन्छ । 

चन्द्रमा जुन घरमा अवस्थित हुन्छ त्यो भावमा जहिले पनि ups and down  हुने गर्छ । Lets suppose Moon is in the 2nd house means there will be multiple source of income however the money within self will be sometime too much and only 1 or 2 notes in some of the day one of the day in a month.

ज्योतिष शास्त्रका अनुसार चन्द्रमाबाट बन्ने राजयोगहरू चन्द्रमंगल गुरुचन्द्रादि योगहरुले व्यक्तिको मनोबल, लोकप्रियता, सामाजिक प्रतिष्ठा र जीवनको उन्नतिसँग गहिरो रूपमा प्रभाव पारेका हुन्छन्। चन्द्रमाबाट केन्द्रमा बृहस्पति हुँदा बन्ने Gaja Kesari Yoga लाई अत्यन्त शुभ मानिन्छ जसले सम्मान, बुद्धिमत्ता र नेतृत्व क्षमता दिन्छ, जसको उल्लेख Brihat Parashara Hora Shastra मा पाइन्छ।गजको अर्थ हात्ती र केशरीको अर्थ बाघ हो । यदि जंगलमा राजा रुपि बाघ र शक्तिशाली हात्तीको मिलन भए के हुदैन होला । यो गजकेशरी राजयोग यदि केन्द्रका ४ वटा घरमा बनेमा १०० प्रतिशत फल प्राप्त हुने र सबै राजयोगमा उत्तम राजयोग मानिएको छ । त्यस्तै चन्द्र र मंगलको सम्बन्धले बन्ने Chandra-Mangal Yoga ले आर्थिक उन्नति र व्यापारिक सफलता दिन्छ, जसको व्याख्या Phaladeepika मा गरिएको छ। मंगल सेनापत र चन्द्रमा मन यदि शाहस र मनको fusion भएमा मानवले आफ्नो मगजलाइ सहि दिशामा लैजान सक्छ । चन्द्रबाट दोस्रो भावमा ग्रह भए Sunapha, बाह्रौंमा भए Anapha र दुवैतिर ग्रह भए Durudhara योग बन्ने बताइएको छ, जसले आत्मनिर्भरता, प्रतिष्ठा र सम्पन्नता दिन्छ, यी सबैको आधार Brihat Jataka तथा Saravali मा पाइन्छ। तर यदि चन्द्र एक्लै रह्यो भने Kemadruma Yoga बन्ने र जीवनमा संघर्ष आउन सक्ने उल्लेख पनि पराशरहोरा शास्त्रमा  गरिएको छ, यद्यपि यसको भंग (cancellation) भएमा पुनः राजयोगको प्रभाव दिन सक्छ। साथै चन्द्रबाट ६, , ८ मा शुभ ग्रह भए Chandra-Adhi Yoga बन्ने र उच्च पद तथा प्रशासनिक सफलता मिल्ने बताइएको छ ।

शास्त्रीय ग्रन्थहरूमा चन्द्रमाबाट बन्ने विभिन्न योगहरूबारे श्लोकमार्फत स्पष्ट वर्णन पाइन्छ । बृहतहोरा शास्त्रमा गजकेसरी योगबारे केन्द्रे देवगुरौ चन्द्रात् गजकेसरी योगः स्मृतः, बुद्धिमान् धनवान् श्रीमान् कीर्तिमान् जायते नरः।भनी उल्लेख गरिएको छ, जसले चन्द्रबाट केन्द्रमा बृहस्पति हुँदा व्यक्ति विद्वान् र सम्मानित हुन्छ भन्नेभनेर बृहतजातकमा सुनाफा, अनाफा र दुरुधरा योगबारे चन्द्राद् द्वितीये ग्रहयुक्ते सुनाफा योगः स्मृतः, द्वादशेऽनाफा प्रोक्ता उभयस्थे दुरुधरा।भनी व्याख्या गरिएको छ, जसले चन्द्रको दुवैतर्फ ग्रह हुँदा उच्च समृद्धि आउने संकेत गर्छ। तर होराशास्त्रमा नै केमद्रुम योगबारे चन्द्रस्य द्वादशे द्वितीये च ग्रहाभावे केमद्रुमः, दरिद्रता दुःखयुक्तो भवति नात्र संशयःभनी चेतावनी दिइएको छ। साथै चन्द्राधि योगका सम्बन्धमा शास्त्रमा षष्ठसप्तमाष्टमे शुभग्रहयुक्ते चन्द्रे अधियोगः, राजा वा मन्त्रि भवति।भन्ने श्लोक पनि पाइन्छ, जसले यस्तो योगले उच्च पद दिलाउने संकेत गर्दछ।

भारतीय ज्योतिषविद् अनिल बत्सका दृष्टिकोणमा चन्द्रइतर योगहरु केवल शास्त्रीय रूपमा मात्र नहेरी practical psychological angle बाट पनि व्याख्या गरेको पाइन्छ। उहाँका अनुसार चन्द्रमा mind” public connect” को प्रमुख कारक भएकाले यस्ता गजकेशरी सुनफा जस्ता योगहरूलाई सीधा राजयोग भन्नुभन्दा पनि मानसिक र समाजमा प्राप्त पारिवारिक वातावरका सूचकका रूपमा समेत बुझ्नुपर्छ। उदाहरणका लागि, Gaja Kesari Yoga हुँदा मात्र राजयोग पक्का हुन्छ भन्ने होइन, यदि चन्द्र कमजोर छ राहु शनि जस्ता ग्रहबाट दृष्ट वा नीच छ भने वा केन्द्रमा पनि छैन र डिग्रिवाइज कमजोर भए त्यो योगको पूर्ण फल आउँदैन भन्ने उहाँको जोड हुन्छ। त्यस्तै केमद्रुम योगलाई पनि उहाँ पूर्ण कमजोर  नमानि मानसिक प्रतिबद्दता को संकेतको रूपमा लिनु पर्ने बताउनुहुन्छ, किनकि यस्तो अवस्थामा व्यक्ति आफ्नै प्रयासबाट माथि उठ्ने सम्भावना बढी हुन्छ। उहाँले बारम्बार चन्द्रमा को भुक्ति दशा  चन्द्रको बल, तथा सम्पूर्ण कुण्डलीको समग्र विश्लेषण बिना कुनै चन्द्रमा लाई एकल रूपमा निष्कर्ष निकाल्नु गलत हुने धारणा राख्नुहुन्छ।

नर्मदेश्वर शास्त्रीको दृष्टिकोणमा Moon yogas (चन्द्र योगहरू) लाई अत्यन्त सूक्ष्म र गहिरो रूपमा वैदिक ज्योतिषको मूल सिद्धान्तसँग जोडेर व्याख्या गरिन्छ। उहाँका अनुसार चन्द्रमा केवल मनको कारक मात्र नभई जीवनको अनुभव गर्ने शक्ति को आधार हो, त्यसैले चन्द्रबाट बन्ने यी योगहरू व्यक्तिको बाह्य सफलता भन्दा पहिले आन्तरिक स्थिरता, संस्कार र मानसिक परिपक्वताको सूचक हुन्। उहाँले स्पष्ट रूपमा जोड दिनुहुन्छ कि यदि चन्द्रमा अशुभ ग्रहबाट पीडित छ वा कमजोर अवस्थामा छ भने, शास्त्रमा वर्णन गरिएका राजयोगहरू कागजी मात्र रहन सक्छन् र वास्तविक जीवनमा पूर्ण रूपमा प्रकट हुँदैनन्।अन्य ग्रहसंगको युति वा दृष्टि र नवांशक एव अन्य सम्बन्धित कुन्डली एवं गोचरले पनि व्यक्तिका दैनिक जीवनमा प्रभाव पार्ने कुराको स्पष्टफक्ति गरेको पाइन्छ ।

यति हुदा हुदै पनि चन्द्रमा संग रहेका केहि व्यवहारोपयोगी र अनुभव सिद्ध प्रभावलाइ तल बर्णन गर्ने चेष्टा गरिएको छ ।

१.    चन्द्रमा जहां स्थित हुन्छ त्यो भावमा प्रभाव पर्दछ । मानौ चन्द्रमा २ मा छ वा ११ मा छ भने जातकको धनमा अस्थिरता कायमै रहन्छ । कारण चन्द्रमा कहिले पूर्णिमा त कहिले औशी आउने र शुक्ल पक्षको ६ देखि पूर्णिमा सम्म बलि हुने र कृष्णपक्षको ६ देखि औशिसम्म नीर्बल हुने गर्छ । यसको प्रभाव मन धन र जुन भावको कारक हो त्यो भावमा प्रभाव पर्छ ।

२.    चन्द्रमा बाट ८ घर पनि समस्या ग्रस्त हुन्छ ।

३.    शनि चन्द्र वा चन्द्र राहु/केतु युति वा दृष्टि भएमा जातकको आमाको स्वास्थ्य बाधा र सम्बन्धित भावमा समस्या पैदा हुन्छ ।

४.    १२ बलि चन्द्र भएमा जातकले अरुको मनमा के चलिरहेको छ थाह पाउछ तर स्वयंको निद्रा प्रभावित हुने समस्या हुन्छ । त्यस्ता जातकले समयमा सुत्नु लाभकर हुन्छ ।चन्द्र मंगलको युति भएको जातकले मदिराको व्यापारबाट मनग्यै धन आर्जन गर्न सक्ने हुन्छ ।

५.    लाभको चन्द्र यदि गुरु वा शुक्र संग स्थित भएमा जातकका लाभका अनेकन श्रोतहरु हुन्छन्

६.    दशममा एकल चन्द्र भएमा जातकले चंचल जागीर अर्थात पटक पटक परिक्षा दिनुपरिरहने खालका जस्तै INGO/NGO जस्ता जागीर गर्दा शुभ हुन्छ ।

७.    चौथो भावको चन्द्रले सवारि मातृ सुख र भूमी प्रदान गर्छ

८.    अष्टम चन्द्रलाइ ज्योतिषमा त्यति राम्रो मानिएको छैन । यसले उदर विकार अपच तथा चोटपटको भय निम्त्याउछ ।

९.    चन्द्र शनि ले बिष योग तथा चन्द्र राहु/केतुले ग्रहण योगको निर्माण गर्ने हुदा यस्ता मानिसको मन अस्थिर र चंचल हुने हुदा नित्य ध्यान प्राणायाम र शीव आराधना लाभकारी हुन्छ ।

यस्ता जातकले सकेसम्म दुर्व्यसनबाट टाढै बस्ने असल साथिहरुको मात्र संगत गर्ने र खानपिनमा सकेसम्म मासुजन्य परिकारबाट टाढै बसेको राम्रो हुन्छ ।

तर यस्ता नकारात्मक प्रभावमा यदि शुभग्रहहरु गुरु बुध वा शुक्रकव दृष्टि परेमा शुभफलमा बृद्दि भइ नकारात्मक प्रभाव कम हुन्छ ।

ससूर्या वा स चन्द्रा वा यत्र कुत्र चतुर्ग्रह

माला नामक योगोयं राज्य दो धनदो भवेत् ।

अर्थात सूर्य वा चन्द्र संग यदि ४ वटा ग्रह संगै रहेमा माला योग हुन्छ जसले राज्यपद र धन दिन्छ । 

नोट- यो चित्रमा देखाइएको कुन्डली वास्तविक हो वा होइन थाह भएन तर यदि यो सत्य हो भने ३६ र ४२ बर्षमा भाग्योदय हुने योग रहेको । नीति र न्याय प्रिय शासक हुने । यदाकदा पार्टनरसंग मन मुटाव हुने । बिबाह पश्चात भाग्योदय हुने र दोश्रो सन्तान पुत्रका रुपमा भइ भाग्य बृद्धि हुने योग रहेको तथा मंगल र राहुको अन्तर्दशामा चोटपटकको भय रहने अति नै न्यायप्रिय सफल शासकका रुपमा देख्न सकिने ग्रह गोचर रहेको देखिन्छ । गुरु र शनिले लग्नमा प्रभाव पारेकाले उक्त जातकमा सवल भाग्य र धार्मिक प्रबृत्ति देख्न सकिन्छ । 

इस ब्लॉग से लोकप्रिय पोस्ट

कौशी खेती प्रविधि किन र कसरी ( How and Why Kaushi Kheti in Cities?)

तरकारी उत्पादनमा विज्ञानले के भन्छ? (What a science say growing vegetable?)

कलमीभित्र छिपेको रहश्य (Science of Grafting of two pieces of the tissues)