ज्योतिषिय २५ परिक्षित सूत्रहरु (Tested 25 astrological Theories and Facts)

२५ Tested astrological Theories and Facts

1. लग्नको स्वामी यदि ६/८/१२ मा बसेमा जातकलाई जीवन भर सुख हुदैन ।

२. धनभावमा मंगल भएमा जातकको बाणी छुरातुल्य रहि बन्धुबान्धवको सदा विरोधी हुन्छ । तर २ मंगल कूलदिपक योग पनि निर्माण गर्छ ।



३. चतुर्थभावको गुरु यदि जातकको कुण्डलीमा भएमा जातक पूर्वजन्मको पितृ नै दोहोरिएको हो । पूर्वजन्मको बांकी कामका लागि उक्त कूलमा जन्म भएको हो ।

४. तृतिय भावमा शुभग्रह कारक नभै अकारक हुन्छन् । यदि शुक्र गुरु बुध चन्द्र ३ मा भएमा भाइबन्धू भएतापनि जातकलाइ सामान्य कार्यमा पनि बढि मिहिनेत गर्न पर्ने हुन्छ । तर भाइबन्धु र दिदि बहिनीको साथ सहयोग पाउछ ।

५. पन्चममा यदि मंगल र गुरुको युति वा दृष्टि भएमा जातक उच्च स्तरिय खेलाडि हुन्छ ।

६. षष्ठभावमा पाप ग्रह जस्तो सूर्य वा शनि वा मंगल वा राहु केतु भएमा जातक शत्रु हन्ता हुन्छ ।

७. सप्तम भावलाइ जायाभाव मानिएकाले यो भाव सुप्त वा खाली हुनु नै राम्रो हुन्छ । यदि सप्तममा केतुर गुरुको सम्बन्ध भएमा जातक पति/पत्नी प्रति आदरणीय र विश्वसनिय हुने र त्यस्ता जातकले कसैका निम्ति परमात्मासंग प्रार्थना गरिदिए उक्त पुकार तुरुन्त पूर्ण हुन्छ ।

८. अष्टममा यदि बुध भएमा जातक नकारात्मक कुराबाट समेत सकारात्मक खोज गर्न सक्ने खालको अनुषन्धानकर्ता र दिर्घायु हुन्छ ।

९. नवममा गुरु वा केतु भएमा जातक शुरुदेखि नै अध्यात्ममा झुकाव राख्दछ ।

१०. दशम भावमा यदि जुनसुकै ग्रह बसेमा पनि जातक प्रतापि गुणी र समाज उद्दारक हुन्छ ।

११. लाभ भावमा पाप ग्रह बसेमा पाप कर्मबाट र शुभ ग्रह बसेमा शुभ कर्मबाट जातक धन आर्जन गर्छ ।

१२. यदि ११ भाव वा २ मा मंगल बसेमा जातकले जमिनको कारोबारबाट अतुलनिय धन आर्जन गर्दछ ।

१३. यदि ११ मा शुक्र भएमा जातक जति  नै धन आर्जन गरेपनि जबसम्म ससुरालीबाट रिण ल्याइ उक्त धन कुनै व्यवसायमा लगानी गर्दैन तब सम्म निर्धन नै रहन्छ ।

१४. लग्न वा चन्द्र कुण्डलीबाट हेर्दा यदि ८ को स्वामी २ वा १० मा गएमा राजा पनि कंगाल हुन्छ तर यदि २ को स्वामी २ मा वा १० मा भए विपन्न जातक पनि राजा समान धनी हुन्छ ।

१५. यदि पन्चम को स्वामी र ७ को स्वामी साथ मा वा दृष्टि संबन्धमा वा ती ग्रहबाट केन्द्रमा रहेमा जातकले आफै विवाह गर्दछ ।

१६. यदि लग्न वा नवांशक मा गुरु नीच अवस्थामा भएमा जातकले आफूभन्दा तल्लो दर्जाको जातक/जातिका संग बिहे गर्दछ ।

१७. गुरु र सूर्य साथमा वा दृष्टि संबन्धमा भएमा जातकले यदि नोकरी गरेको अवस्थमा पूर्णत काम सम्पादन भएपछि मात्र टेवलबाट उठ्छ । अर्थात काम सम्पन्न गरेर मात्र विश्राम लिन्छ ।

१८. यदि गुरु दशममा भएमा जातक समाजमा पोषक हुन्छ अर्थात साथी सर्कल जातक संग समय ब्यतित गर्न मन पराउछन कारण एक मात्र यो छ कि जातकमा अद्भूत शितलता दिनसक्ने गुण वा सबैलाइ मोटिभेट गर्न सक्ने खुबी हुन्छ ।

१९. जातक को यदि लग्न वा नवांशकमा गुरु र शुक्र ५ वा ११ मा भएमा जातक प्रसिद्ध र समाज सुधारक धार्मिक नेता हुन्छ ।

२०. यदि ४ मा गुरु वा ८ मा केतु वा ८ को स्वामी ८ मै वा ८ को स्वामीले ८ लाइ दृष्टि दिएमा जातकलाइ स्वप्नमा मन्त्र प्राप्त हुन्छ वा जातक महान तान्त्रिक वा महान अनुषन्धानकर्ता हुन्छ । स्वप्नबाटै जातक असाध्य कुराहरुको जानकारी प्राप्त गर्छ ।

२१. जातकको यदि ८ को स्वामी लग्नमा भएमा जातकको शरीर रुग्ण हुन्छ । जीवनभर संघर्षले कदापि छाड्दैन ।

२२. ६ मा यदि सबल ग्रह भएमा जातक चिकित्सक बन्दछ वा फार्मेसीबाट जीवन गुजारा गर्छ । 

२३. यदि नवमेश जुन भावमा जान्छ उहि भाव सकृय नहुन्जेल भाग्योदयको चांबी खुल्दैन । अर्थात यदि नवमेश ५ मा गए सन्तान भएपछि भाग्योदय हुन्छ । 

२४. सप्तमको स्वामी जहां गइ बस्दछ त्यहि भावसंग संलग्न भएर नै जातकले आफ्नो पार्टनरलाइ पहिलो पटक भेट्छ । मानौ सप्तमेष १० मा भए जातकले आफ्नै कर्मक्षेत्रमा नै वा कर्म को सिलसिलामा बिबाह हुने पार्टनरलाइ भेट्छ ।

२५. शनि मंगल साथ वा दृष्टि संबन्ध भएमा जातकले सकेसम्म पुलिस वा आर्मी को जागिरलाइ छाड्नु नै सुन्दर हुन्छ । त्यस्ता जातकले सकेसम्म उमेर हद पश्चात् operation को विकल्प खोज्नु नै बुद्दिमानी हुन्छ ।


इस ब्लॉग से लोकप्रिय पोस्ट

कौशी खेती प्रविधि किन र कसरी ( How and Why Kaushi Kheti in Cities?)

तरकारी उत्पादनमा विज्ञानले के भन्छ? (What a science say growing vegetable?)

कलमीभित्र छिपेको रहश्य (Science of Grafting of two pieces of the tissues)